जारी सिजनको अन्त्यमा रोनाल्डोले फुटबल जगतबाट सन्यास लिने ?

गर्थ क्रुक्सले क्रिस्टियानो रोनाल्डोले यो सिजनको अन्त्यमा शीर्ष युरोपेली लिग फुटबलबाट सन्यास लिनुपर्ने विश्वास व्यक्त गरेका छन्। म्यानचेस्टर युनाइटेडका फरवार्डले शनिबार नर्विच सिटीमाथि ३-२ को जितमा ह्याट्रिक गरेका थिए र यो उनको क्लब करियरको ५० औं ह्याट्रिक थियो।

रोनाल्डो फेब्रुअरीमा ३७ वर्ष पुगेका थिए तर इङ्ल्यान्ड फर्किएदेखि २१ गोलको प्रभावशाली संख्यामा रहेका छन्। यस्तोमा, क्रुक्स विश्वास गर्छन् कि अब रोनाल्डो आफ्नो पुरानो स्टार खेलाडीको छायाँ बन्नु भन्दा पहिले नै फुटबल जगतलाई अलबिदा गर्नुपर्छ। उनले बीबीसी खेलकुदको लागि आफ्नो स्तम्भमा लेखे: “तपाईंको व्यावसायिक करियरमा तीन वा चार ह्याट्रिकहरू स्कोर गर्न धेरै सन्तुष्टि हुनसक्छ, तर ५० औं क्लब ह्याट्रिक गर्नु अचम्मको कुरा हो।”

“नर्विच विरुद्ध रोनाल्डोको दोस्रो गोल हामीले १० वर्ष पहिले रियल म्याड्रिडका लागि खेलेको खेलाडीको झलक थियो। उनको हेडरको चाल र समय एकदम शानदार थियो। मैले गत हप्ता क्रुक्स अफ द म्याटरमा यो कुरा गरेको थिएँ कि रोनाल्डोलाई यस सिजन युरोपियन लिग फुटबलबाट सन्यास लिने राम्रो अवसर रहेको छ। म्यानचेस्टर युनाइटेडले उनलाई त्यो अवसर प्रदान गरेको छ र मलाई आशा छ कि उनले यसलाई विचार गर्नेछन्,” उनले थपे।

यसैबीच विभिन्न अफवाहहरूका अनुसार यदि युनाइटेड च्याम्पियन्स लिगको लागि छनोट हुन नसकेको खण्डमा रोनाल्डोले दोस्रो पटक ओल्ड ट्राफोर्ड छोड्न सक्नेछन्। अन्तरिम प्रबन्धक राल्फ रान्ग्निकलाई रोनाल्डोको भविष्यको बारेमा सोधिएको थियो जसमा उनले यो सम्भवतः नयाँ प्रबन्धकमा निर्भर हुने कुरामा जोड दिए।

प्रकाशित : मङ्गलबार, बैशाख ०६, २०७९१५:२७

लगातार दुई खेल हारेपछि जाभीले खोले मुख, यसो भने !