धेरै जस्तो अर्जेन्टिनी खेलाडी लखेट्ने तयारीमा पिएसजी ! को-को ?

एजेन्सी – च्याम्पियन्स लिग जित्ने योजना पूरा नभएपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) यति बेला नयाँ योजना सहित अगाडी बढ्ने तयारीमा देखिएको छ। फ्रेन्च मिडियाहरुका अनुसार पिएसजीको टोलीमा विभिन्न परिवर्तन गर्ने पिएसजीको तयारी रहेको छ।

आउने ट्रान्सफर विन्डोमा पिएसजी नयाँ रणनीति सहित ट्रान्सफर बजारमा उत्रने तयारी गरिरहेको छ। पिएसजीले क्लबका विभिन्न खेलाडी देखि छुटकारा पाउने योजना बनाएको बताइन्छ।

फ्रेन्च मिडियाहरुको दावीलाई मान्ने हो भने पिएसजीले धेरै जस्तो अर्जेन्टिनी खेलाडी देखि छुटकारा पाउन चाहेको छ। लियोनेल मेस्सी बाहेकका सबै अर्जेन्टिनी खेलाडीहरुलाई पिएसजीले नयाँ क्लब खोज्न भनिसकेको फ्रेन्च मिडियाहरु बताउँछन्।

एन्जेल डि मारियाको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदै छ। पिएसजी र उनी बीच सम्झौता थपको विषयलाई लिएर कुनै पनि छलफल भएको छैन। जसकारण उनले पिएसजी छाड्ने लगभग पक्का जस्तै छ।

त्यस्तै लिएन्ड्रो परेडेस र माउरो इकार्डीलाई पनि पिएसजीले नयाँ क्लब खोज्न भनिसकेको छ। दुवै खेलाडीलाई आउने ट्रान्सफर विन्डोमै बिक्री गर्ने पिएसजीको योजना छ।

दुवै खेलाडी जारी सिजनमा पिएसजीको टोलीमा नियमित पर्न संघर्षरत छन्। जारी सिजनमै पिएसजीको योजनामा अटाउन नसकेका दुवैमा पिएसजीले भविष्य देखेको छैन।

प्रकाशित : बुधबार, बैशाख ०७, २०७९०७:३८

कति छन् रोनाल्डोका सन्तान ? को हुन् उनीहरुका आमा ?