कति छन् रोनाल्डोका सन्तान ? को हुन् उनीहरुका आमा ?

एजेन्सी – पोर्चुगल तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले सोमबार मात्रै नवजात जुम्ल्याहा बच्चामध्ये एकलाई गुमाए। रोनाल्डो र जर्जिना रोड्रिगेजका नवजात जुम्ल्याहा मध्ये एकको सोमबार निधन भएको हो।

रोनाल्डोले सामाजिक सञ्जालबाट नवजात जुम्ल्याहा बच्चामध्ये एकको निधन जानकारी गराए। नवजात छोराको निधन भएपछि रोनाल्डोले सामाजिक संजाल मार्फत दुख व्यक्त गरे।

“जुन कुनैपनि आमाबाबुले महसुस गर्न सक्छन् । हाम्रो छोरीको जन्मले मात्र हामीलाई यस क्षणलाई केही आशा र खुसीका साथ बाँच्न बल दिन्छ । हामी डाक्टर र नर्सहरूलाई उनीहरूको सबै विशेषज्ञ हेरचाह र समर्थनको लागि धन्यवाद दिन चाहन्छौँ ।”,रोनाल्डोले सामाजिक संजालमा लेखेका छन्।

कति छन् रोनाल्डोका सन्तान ?

हालसालै जन्मिएकी एक छोरी सहित रोनाल्डोका पाँच सन्तान छन्। रोनाल्डोका सबै भन्दा ठूला छोराको नाम रोनाल्डो जुनियर रहेको छ। उनी सन् २०१० को जुलाई ४ मा जन्मिएका थिए। उनी सेरोगेसी मार्फत अमेरिकामा जन्मिएका थिए। उनको आमाको पहिचान गोप्य राखिएको छ। रोनाल्डो जुनियर अहिले युनाइटेडको एकेडेमीसँग आवद्ध छन्।

त्यस्तै सन् २०१७ मा रोनाल्डो दुई सन्तानका पिता बनेका थिए। त्यस बेला पनि दुई सन्तान सेरोगेसी मार्फत नै राखिएको थियो। छोरी इभा र छोरा माटियोकी आमाको पनि पहिचान गोप्य राखिएको छ।

सोही वर्ष रोनाल्डोले आफू जर्जिना रोड्रिग्वेजसँग प्रेम सम्बन्धमा रहेको घोषणा गरेका थिए। सन् २०१७ मा जर्जिनाले छोरी अलाना मार्टिनालाई जन्म दिएकी थिइन्। पछिल्लो पटक जन्मिएका छोरा बितेसँगै रोनाल्डोसँग अहिले पाँच सन्तान छन्। त्यसमध्ये तीन छोरी छन् भने दुई छोरा छन्।

प्रकाशित : बुधबार, बैशाख ०७, २०७९०८:४५

सिटी जान तयार भए हालाण्ड, हप्ताकै पाउने भए कसैले नसोचेको पारिश्रमिक !