सिटी जान तयार भए हालाण्ड, हप्ताकै पाउने भए कसैले नसोचेको पारिश्रमिक !

एजेन्सी – प्रिमियर लिग म्यानचेस्टर सिटी हात धोएर नर्वेली स्टार एर्लिङ हालाण्डको पछि लागेको छ। हालाण्डले बोरुसिया डर्टमन्ड छाड्ने पक्का भएसँगै सिटी हालाण्डको पछि परेको हो।

डर्टमन्डले हालाण्डलाई आउने ट्रान्सफर विन्डोमै बिक्री गर्ने तयारी गरेको छ। सो खबर बाहिरिए देखि नै युरोपका धेरै क्लबहरु हालाण्ड भित्र्याउने दाउ गरिरहेका छन्। तर जर्मन मिडिया तथा बेलायती मिडियाहरुले गरेको दावीलाई मान्ने हो भने हालाण्ड भित्र्याउने दौडमा सिटी अगाडी देखिएको छ।

सिटीका अधिकारीहरुले हालाण्डका एजेन्ट र पिता दुवैसँग भेटघाट गरिसकेका छन्। सिटीका अधिकारीहरुले हालाण्डलाई समेत भेटिसकेको बताइन्छ। भेटघाट पश्चात हालाण्ड सिटी जान सकारात्मक भएको मिडियाहरुको दावी छ। सिटी हालाण्डलाई साप्ताहिक ५ लाख पाउण्ड सम्म पारिश्रमिक दिन तयार छ।

मिडियाहरुमा सिटी र हालाण्ड एक सहमतिमा पुगिसकेको खबर आएपनि डर्टमन्डका अधिकारीहरु भने सो मान्न तयार छैनन्। डर्टमन्डका अधिकारीहरु त्यस सम्बन्धमा आफूहरुलाई खासै जानकारी नभएको बताउँछन्।

हालाण्डको सम्झौतामा रहेको रिलिज क्लज सक्रिय भइसकेको हुँदा रिलिज क्लजवापतको रकम तिरेर जुन सुकै क्लबले हालाण्डलाई भित्र्याउन सक्ने अन्तर्राष्ट्रिय मिडियाहरुको दावी छ। उनीहरुका अनुसार सो सम्बन्धमा डर्टमन्डको कम भूमिका हुन्छ।

डर्टमण्डमा हालाण्डको सम्झौता सन् २०२४ सम्मका लागि छ। डर्टमण्ड पुगेयता निरन्तर उच्च प्रदर्शन गरिरहेका उनलाई धेरै क्लबहरुले भित्र्याउन चाहेका छन्। हालाण्डलाई भित्र्याउन चाहने क्लबहरुले रिलिज क्लज अनुसार ७५ मिलियन युरो डर्टमण्डलाई तिर्नुपर्ने हुन्छ।

प्रकाशित : बुधबार, बैशाख ०७, २०७९०८:५८

रोनाल्डिन्हो भन्छन् – ‘पिएसजीमै बसे एम्बाप्पे विश्वको उत्कृष्ट खेलाडी हुन्छन्, च्याम्पियन्स लिग पनि जित्छन्’