रोनाल्डिन्हो भन्छन् – ‘पिएसजीमै बसे एम्बाप्पे विश्वको उत्कृष्ट खेलाडी हुन्छन्, च्याम्पियन्स लिग पनि जित्छन्’

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का पूर्व स्टार रोनाल्डिन्होले किलियन एम्बाप्पेलाई पेरिस नछाड्न सुझाव दिएका छन्। हालसालै एक मिडियासँग कुराकानी गर्नेक्रममा रोनाल्डिन्होले एम्बाप्पेलाई पिएसजी नछाड्न सुझाव दिएका हुन्।

प्राइम भिडियो स्पोर्ट फ्रान्ससँग कुराकानी गर्नेक्रममा रोनाल्डिन्होले पिएसजीमै रहेर आफ्नो फुटबल करियरलाई अगाडी बढाउन आग्रह गरे। एम्बाप्पे पिएसजीमै रहेर उपाधिहरु जितेको हेर्ने आफ्नो चाहना रहेको उनको भनाई छ।

अन्तर्वार्ताका क्रममा रोनाल्डिन्होले पिएसजी पहिला भन्दा धेरै फरक रहेको बताए। उनका अनुसार पिएसजी उनको समयमा भन्दा धेरै फरक भएको छ। पिएसजीमा रहेर एम्बाप्पे विश्वको उत्कृष्ट खेलाडी बन्न र च्याम्पियन्स लिग जित्न रोनाल्डिन्होको बुझाई छ।

“एम्बाप्पेसँग पिएसजीमा सफल हुन सबिउ कुरा छ। ठ्याक्कै, मेरो समयमा यो अवस्था थिएन। क्लब पहिला भन्दा धेरै राम्रो अवस्थामा छ। पिएसजीमा रहेर एम्बाप्पे विश्वकै उत्कृष्ट खेलाडी बन्न सक्छन्, च्याम्पियन्स लिग जित्न सक्छन्।”,रोनाल्डिन्होले भने।

पिएसजीमा रहेर आफूलाई सुधार्दै एम्बाप्पेले च्याम्पियन्स लिग जित्न सक्ने रोनाल्डिन्होले बताए। उनले भने,”म उनलाई यहाँ बसेको हेर्ने चाहन्छु। पिएसजीका लागि उनले च्याम्पियन्स लिग जितेको हेर्न चाहन्छु।”

एम्बाप्पेको पिएसजीमा सम्झौता यहि सिजनको अन्त्य सम्मका लागि मात्रै छ। सम्झौता सकिएपछि उनी रियल म्याड्रिड जान सक्ने देखिन्छ। पिएसजीले सम्झौता थपका लागि लगातार प्रयास गरिरहेपनि एम्बाप्पेले सम्झौता त्यहाप गर्न मानिरहेका छैनन्।

प्रकाशित : बुधबार, बैशाख ०७, २०७९०९:०७

फुलहम प्रिमियर लिगमा बढुवा !