फुलहम प्रिमियर लिगमा बढुवा !

एजेन्सी – च्याम्पियनसिप क्लब फुलहम प्रिमियर लिगमा बढुवा भएको छ । प्रिस्टन नर्थ इन्डलाई ३–० ले हराउँदै फुलहमले च्याम्पियनसिपको चार खेल बाँकी छँदै शीर्ष डिभिजनमा बढुवा भएको हो ।

फुलहम रेलिगेसनमा परेको एक सिजनपछि नै शीर्ष डिभिजनमा बढुवा भएको हो । फुलहम गत सिजन रेलिगेसनमा परेको थियो । २००१ देखि २०१४ सम्म शीर्ष डिभिजन खेलेको फुलहम त्यसपछि रेलिगेसनमा परेको थियो । त्यसपछि २०१८ मा शीर्ष डिभिजनमा बढुवा भएको फुलहम २०२० मा रेलिगेसनमा परेको थियो ।

क्राभान कटेज लन्डनमा मंगलबार राति भएको खेलमा घरेलु टोली फुलहमको जितमा एलेक्सान्डर मिट्रोभिचले दुई तथा फाबियो कार्भाल्होले एक गोल गरे । मार्काे सिल्भाको टोलीले प्रेस्टनमाथि सहज जित निकाल्दा एलेक्सान्डर मिट्रोभिचले दोस्रो डिभिजनको एक सिजनमा ४२ गोल गर्दै सन् १९९२ को कीर्तिमानलाई बराबरी गरे ।

फुलहमले पाँचौ स्थानमा रहेको नथिङहम फरेस्टलाई १६ अंकले पछि पारेको छ । यो जितसँगै च्याम्पियनसिपको शीर्षस्थानमा रहेको फुलहमले ४२ खेलमा ८६ अंक जोडेको छ । पराजित प्रिस्टन ५८ अंक जोडेर १५औं स्थानमा रहेको छ ।

अब एक टोली सिधै शीर्ष डिभिजनमा छनोट हुनेछ । अर्काे एक टोलीले बढुवाको लागि छनोट खेल्नुपर्नेछ । बर्नमाउथ, हडर्सफिल्ड, लुटोन, नथिङहम फरेस्ट, सेफिल्ड युनाइटेड र मिलवाललगायतको टोलीको शीर्ष डिभिजनमा छनोट हुने सम्भावना छ । वाइने रोनीको डर्वी काउन्टी र ब्रान्सले रेलिगेसनमा परिसकेको छ ।

प्रकाशित : बुधबार, बैशाख ०७, २०७९१०:११

बार्सिलोनाका लागि भयानक हप्ता: आँखा झिमिक्क २ उपाधि गायब !