चोटिल भए मेस्सी, सम्भावित च्याम्पियन बन्ने आजको खेल गुमाउने !

एजेन्सी – अर्जेन्टिनी सुपरस्टार फरवार्ड लियोनेल मेस्सीले चोटका कारण एक खेल गुमाउने भएका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का मेस्सीले फ्रेन्च लिग वानको उपाधि जित्ने सम्भावना रहेको खेल गुमाउने भएको क्लबले जनाएको छ ।

पिएसजीले लिगको ३३औं चरणको खेलमा आज राति एन्जर्ससँग प्रतिस्पर्धा गर्दैछ । यो खेलमा पिएसजीले जित दोस्रो स्थानको मार्सेले नान्टेससँग बराबरी खेले पिएसजी ५ खेल अगावै लिग वानको च्याम्पियन बन्ने छ ।

मार्सेले पनि जित निकालेको अवस्थामा मोउरिसियो पोचेटिनोको टोलीले गणितीय रुपमा ट्रफी जित्नको लागि आफ्नो अर्काे खेल लेन्सविरुद्ध घरेलु मैदानमा हुने नतिजा कुर्नुपर्ने हुन्छ ।

पिएसजीको विज्ञप्तिमा भनिएको छ, ‘मेस्सीले आफ्नो बाया खुट्टाको अचिलिस टेन्डनको उपचार गराइरहेका छन् । ४८ घन्टापछि उनको अवस्था हेरिनेछ । उनी कम्तीमा पनि एक खेलको लागि मैदान बाहिर नै हुनेछ । मार्सेमाथि २–१ को जित निकालेको खेलपछि उनले दुखाई महसुस गरेका थिए ।

प्रशिक्षक मोउरिसियो पोचेटिनोले पिएसजीले जति छिट्टै उपाधि जित्न सके खेलाडी र क्लबका लागि राम्रो हुने बताएका छन् । ‘अहिलेको लागि हामी उपाधिको पहुँचभित्रै छौं । अझै सुरक्षित छैन । हामी एन्जर्सको यात्रामा केन्द्रित छौं ।’ पोचेटिनोले भने, ‘जति चाँडो उति राम्रो । व्यक्तिगत रुपमा पिएसजीको लागि १०औं फ्रेन्च लिग वानको उपाधि जित्न पाउनु ठुलो खुशी हुनेछ । प्रेरणा सधैं त्यहाँ छ किनभने यो जित्न आवश्यक छ ।’

उनले अन्तिम दिनसम्म फुटबल र आफ्नो प्रतिद्धन्द्धीलाई सम्मान गर्ने र सकेसम्म छिटो उपाधि जित्ने लक्ष्यमा रहेको दोहोर्याए।

प्रकाशित : बुधबार, बैशाख ०७, २०७९१५:५६

रियल लिग च्याम्पियन बन्ने संघारमा, अब यसो भए बार्सिलोनाले सपनामा पनि नभेट्ने !