छोरा गुमाएका रोनाल्डोलाई एनफिल्डमा ‘यु विल नेभर वाक अलोन’ ![भिडियो सहित]

एजेन्सी – फुटबल खेल मात्र नभई सद्भावको एक प्रतिक नै हो । यस्तै एक सद्भावको प्रतीक म्यानचेस्टर युनाईटेडविरुद्धको खेलमा लिभरपुलका समर्थकले देखाएका छन् ।

आफ्नो नवजात शिशु कारण शोकमा रहेका क्रिस्टियानो रोनाल्डोका लागि लिभरपुल समर्थकले खेलको सातौं मिनेटमा स्टेडियममा उनको नामसँग जोडेर ताली बजाएका थिए ।

खेलको सातौं मिनेटमा रोनाल्डोको सात नम्बरको जर्सीलाई दर्शकदीर्घामा फहराउँदै लिभरपुल समर्थकले ‘यु विल नेभर वाक अलोन’ भन्ने गीत गाएका थिए । रोनाल्डोको समर्थनमा म्यानचेस्टर युनाइटेडले तथा लिभरपुल दुबैतर्फका खेलाडीहरुले हातमा कालो आर्म ब्याण्ड लगाएका थिए ।

मंगलबार रोनाल्डोले सामाजिक सञ्जालमा जुम्लयाहा मध्येका एक शिशुको निधन भएपश्चात परिवार र आफु निकै विक्षिप्त बनेको बताएका थिए । यो खबर बाहिरिएसँगै विश्वभरिका उनका समर्थक तथा फुटबल जगतले समावेदना प्रदान गर्न तथा यस दुखद घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गरेका थिए ।

म्यानचेस्टर युनाइटेडका पोर्चुगिज भेट्रान फरवार्ड रोनाल्डोले गत अक्टोबरमा उनी र जर्जिना रोड्रिग्वेजले जुम्ल्याहा बच्चाको आशा गरिरहेको र डिसेम्वरमा जुम्ल्याहामा छोरा र छोरिको रहेका जानकारी दिएका थिए ।

रोनाल्डोले आफ्नो नवजात छोराको मृत्यु भएको घोषणा गरेपछि क्रिस्टियानो रोनाल्डोले गोपनियता मागेका छन् । रोनाल्डो र रोड्रिग्वेजले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गहिरो दुःखका साथ हामीले हाम्रो बच्चाको निधन भएको घोषणा गर्न चाहन्छौँ । यो सबैभन्दा ठूलो पीडा हो

जुन कुनैपनि आमाबाबुले महसुस गर्न सक्छन् । हाम्रो छोरीको जन्मले मात्र हामीलाई यस क्षणलाई केही आशा र खुसीका साथ बाँच्न बल दिन्छ । हामी डाक्टर र नर्सहरूलाई उनीहरूको सबै विशेषज्ञ हेरचाह र समर्थनको लागि धन्यवाद दिन चाहन्छौँ ।

हामी सबै यस क्षतिमा स्तब्ध भएका छौँ र हामी यो धेरै कठिन समयमा गोपनीयताको लागि अनुरोध गर्दछौँ । हाम्रो बच्चा, तिमी हाम्रो परी हौँ । हामी तिमीलाई सधैँ माया गर्नेछौँ ।’

उक्त खेलमा लिभरपुल ४–० ले विजयी भएको थियो । यो जितले लिभरपुल शीर्षस्थानमा उक्लदा म्यानचेस्टर युनाइटेडको भने शीर्ष चारको सम्भावना समेत झिनो बनेको छ ।

प्रकाशित : बुधबार, बैशाख ०७, २०७९१८:४२

रामोस पिएसजीको योजनाबाट आउट !