रामोस पिएसजीको योजनाबाट आउट !

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)ले स्पेनिस डिफेन्डर सर्जियो रामोसलाई क्लबको योजना भन्दा बाहिर राख्ने तयारी गरेको छ। रियल म्याड्रिडबाट पिएसजी पुगेयता लगातार घाइते हुन थालेसँगै पिएसजीले उनलाई क्लबको योजना भन्दा बाहिर राख्ने तयारी गरेको हो।

रामोस यहि सिजन रियलबाट फ्री ट्रान्सफरमा पिएसजी पुगेका हुन्। पिएसजी पुगेयता उनी निरन्तर घाइते भइसकेका छन्। रामोसले जारी सिजनमा पिएसजीका लागि कमै मात्र खेल्न सकेका छन्।

रामोस पिएसजी पुग्ने बितिकै घाइते भएका थिए। जसकारण उनले पिएसजीमा डेब्यू गर्न नै कयौं महिना कुर्न परेको थियो। पिएसजीका लागि रामोसले अहिले सम्म पिएसजीका लागि मात्रै ८ खेल खेलेका छन्। जसमा उनले एक गोल गरेका छन्।

पिएसजीका लागि च्याम्पियन्स लिगमा त उनले एक खेल पनि खेल्न सकेनन्। रामोस अहिले पनि फिट हुने क्रममा छन्। निरन्तर घाइते भएसँगै पिएसजीले रामोसलाई क्लबको योजना भन्दा बाहिर राख्ने तयारी गरिरहेको छ।

फ्रेन्च मिडियाहरुका अनुसार पिएसजीले रामोसलाई आउने ट्रान्सफर विन्डोमा बिक्री गर्ने प्रयास गर्नेछ। फ्री ट्रान्सफरमा भित्र्याइएका कारण रामोसलाई सस्तोमा बेचेर भएपनि उन्ब्को पारिश्रमिक बराबरको रकम जोगाउने पिएसजीको योजना छ।

पिएसजीले बिक्री गर्न चाहेको भएपनि रामोस भने पिएसजी छाड्ने पक्षमा छैनन्। पिएसजीमा रामोसको सम्झौता सन् २०२३ सम्मका लागि छ। रामोस सम्झौताको पूरा समय पिएसजीमै रहने योजनामा रहेको फ्रेन्च मिडियाहरुको भनाई छ।

प्रकाशित : बुधबार, बैशाख ०७, २०७९१९:१५

एट्लेटिको म्याड्रिड विरुद्धको खेलपछि सिटीका खेलाडीहरुको यो हालत, ग्वार्डिओलाले दिए जानकारी !