एट्लेटिको म्याड्रिड विरुद्धको खेलपछि सिटीका खेलाडीहरुको यो हालत, ग्वार्डिओलाले दिए जानकारी !

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले एफए कपको सेमिफाइनलका लागि आफूहरुले राम्रोसँग प्रशिक्षण गर्ने मौका पनि नपाएको बताएका छन्।

प्रिमियर लिगमा ब्राइटनको सामना गर्नु अगाडी ग्वार्डिओलाले एफए कपको सेमिफाइनलमा लिभरपुलको सामना गर्नको लागि राम्रोसँग प्रशिक्षण गर्ने समय समय नपाएको बताएका हुन्।

पछिल्लो साता सिटीले सात दिन भित्र ३ खेल खेलेको थियो। सो साता सिटीले लिभरपुलसँग दुई पटक खेल्दा च्याम्पियन्स लिगको दोस्रो लेगमा एट्लेटिको म्याड्रिडको सामना गरेको थियो। सातामै तीन खेल खेल्न पर्दा टोलीलाई धेरै कठीन परेको ग्वार्डिओलाको भनाई छ।

एट्लेटिको म्याड्रिड विरुद्धको खेल पश्चात आफ्ना खेलाडीहरु धेरै थकित भएको ग्वार्डिओलाले बताए। उनका अनुसार एट्लेटिको विरुद्धको खेल पश्चात सिटीका खेलाडीहरुले झन्डै ५ दर्जन फिजियोथेरापी लिन परेको थियो।

एट्लेटिको विरुद्धको खेलपश्चात लिभरपुलको सामना गर्नु अगाडी सिटीका खेलाडीहरुलाई ७१ फिजियोथेरापी उपचार दिइएको ग्वार्डिओलाले जानकारी दिए। सातामै तीन खेल खेल्न पर्दा खेलाडीहरुको शरीरलाई धेरै भार परेको ग्वार्डिओला बताउँछन्।

“हाम्रा फिजियोले एट्लेटिको म्याड्रिड र लिभरपुल विरुद्धको सेमिफाइनल बीचको समयमा ७१ पटक फिजियोथेरापी उपचार गर्न गरेको थियो। धेरै फिजियोथेरापी गर्न परेपछि त्यसबारे मलाई समेत डाक्टरहरुले जानकारी गराएका थिए। सामान्यतया त्यस बारे मलाई खासै जानकारी हुँदैन। तर धेरै फिजियोथेरापी गर्न परेका कारण मलाई त्यसको जानकारी दिइएको थियो।”,ग्वार्डिओलाले भने।

प्रकाशित : बुधबार, बैशाख ०७, २०७९१९:३९

दुई पेनाल्टीमा चुके बेन्जेमा, तर पनि रियलको जित !