आइपिओ बाँडफाँड गर्ने तयारीमा रहेको सिवाइसी लघुवित्तको नाफा ह्वात्तै बढ्यो !कति ?

काठमाडौँ – गत साता मात्रै प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) निष्काशन गरेको सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ह्वात्तै बढेको छ। वैशाख २ गते देखि ६ गते सम्म आइपिओ निष्काशन गरेको सिवाइसी लघुवित्तको नाफा गत वर्षको तुलनामा एक सय प्रतिशत भन्दा बढीले वृद्धि भएको हो।

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले केहि दिन अगाडी मात्रै चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण गरेको थियो।

कम्पनीका अनुसार गत आर्थिक वर्ष ४ करोड ७७ लाख रुपैंयाँ नाफा भएको थियो। तर यस आर्थिक वर्षमा सो नाफा बढेर ९ करोड ९९ लाख रुपैंयाँ बढेको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले कम्पनीले ७ करोड १३ लाख खराब कर्जा उठाउन सफल भएको छ।

गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा खुद ब्याज आम्दानी ५५ प्रतिशत र सञ्चालन नाफा १०१ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ।

सिवाइसी लघुवित्तको आइपिओ

सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि झन्डै ७० गुणा बढी आवेदन परेको छ। वैशाख २ गते देखि बिक्री खुला भएको कम्पनीको आइपिओका लागि अन्तिम दिन मंगलबार सम्म झन्डै ७० गुणा बढी आवेदन परेको हो।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार आवेदन दिन मिल्ने अन्तिम दिन मंगलबार सम्म साढे २२ लाख ७७ हजार जनाले आवेदन दिए।

मंगलबार ५ बजे सम्म २२ लाख ७७ हजार जनाले २ अर्ब ५६ करोड ८८ लाख रुपैयाँ बराबरको २ करोड ५६ लाख ८८ हजार कित्ता शेयर लागि आवेदन दिएको बताइएको छ।

प्रकाशित : बिहिबार, बैशाख ०८, २०७९०८:३६

उपकार लघुवित्तको आईपीओ बाँडफाँडको भोलि हुने, कतिले पाउने ?