उपकार लघुवित्तको आईपीओ बाँडफाँडको भोलि हुने, कतिले पाउने ?

काठमाडौँ – उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँड वैशाख ९ गते शुक्रबार अर्थात भोलि हुने भएको छ। चैत्र २५ गते देखि चैत्र ३० सम्मका लागि बिक्री खुला भएको आइपिओको बाँडफाँड शुक्रबार हुने भएको हो।

कम्पनीलेप्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको थियो। कम्पनीले आईपीओकाे बिक्री प्रबन्धकको रूपमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई तोकेको छ।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  बाँकी २ लाख २१ हजार १५६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

अन्तिम दिनसम्ममा २४ लाख ३१ हजार १ सय ७० जना लगानीकर्ताले २ करोड ७५ लाख ५६ हजार २ सय ३० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि छुट्याइएकाे भन्दा १२४.६४ गुणा धेरै हाे । मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गेलाप्रथाबाट बाँडफाँड गरिनेछ ।

प्रकाशित : बिहिबार, बैशाख ०८, २०७९१२:१३

उपकार लघुवित्तको आइपिओ बाँडफाँड सम्पन्न, कतिको भाग्य चम्कियो ? हेर्नुहोस् !