उपकार लघुवित्तको आइपिओ बाँडफाँड सम्पन्न, कतिको भाग्य चम्कियो ? हेर्नुहोस् !

काठमाडौँ – उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न भएको छ। चैत २५ गते देखि निष्काशनमा आएको उपकार लघुवित्तको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बाँडफाँड शुक्रबार बिहान सम्पन्न भएको हो। आइपिओको बाँडफाँड शुक्रबार बिहान गरिएको कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ।

लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा दुई करोड ३६ लाख २५ हजार रुपैयाँबराबरको दुई लाख ३६ हजार २५० कित्ता साधारण शेयर निष्कासन गरेको थियो।

निष्कासन गरिएको कुल शेयरमध्ये ०.५ प्रतिशत अर्थात् तीन हजार २८१ कित्ता शेयरलघुवित्तका कर्मचारीहरूका लागि सुरक्षित गरिएको थियो । ५ प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको थियो भने बाँकी दुई लाख २१ हजार १५६ कित्ता शेयर सर्वसाधारणको भागमा परेको थियो।

लक्की नम्बर कति ?

लघुवित्तको आईपीओमा २४ लाख ३१ हजार १७० जना आवेदकले २ करोड ७५ लाख ६५ हजार २३० कित्ता शेयरका लागि २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको आवेदन दिएका थिए। आवेदकमध्ये २ हजार ४०६ वटा आवेदन रद्द भएको थियो।

२३ लाख ४९ हजार ५६ आवेदकलाई आइपिओ बाँडफाँड गरिएको छ। त्यसमध्ये २२ हजार ११५ जनाले दरले शेयर पाएका छन्। बाँकी झण्डै २४ लाखको हात रित्तो भएको छ। शुक्रबार बिहान गरिएको कम्पनीको आईपीओ बाँडफाँडको लक्की नम्बर ८ र ६ रहेको छ।

गोलाप्रथामार्फत शेयर हात पार्ने मध्ये २२ हजार १०९ जनाले १० कित्ताका दरले शेयर पाउनेछन् भने बाँकि ६ जनाले ११ कित्ताका दरले शेयर पाउनेछन्।

प्रकाशित : शुक्रबार, बैशाख ०९, २०७९१०:२७

वर्ष २०७९ लागेपछि कै सबैभन्दा सस्तो भयो सुनको भाउ, कति पुग्यो ?