एजेन्सी – निरन्तर डेढ दशक भन्दा बढी समय क्लब फुटबलमा राज गरेका अहिले पेरिसमा संघर्षरत छन्। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेपछि उनलाई घुलमिल हुन असहज भइरहेको छ।
डेढ दशक भन्दा बढी समय पनि क्लब परिवर्तन गरेपछि परिवर्तित वातावरणमा मिलन उनलाई गार्हो परिरहेको छ। जसकारण उनको गोल गर्ने क्षमतामा ठूलो ह्रास आएको छ।
लियोनेल मेस्सीले पिएसजीमा अपेक्षा गरिए जस्तो प्रदर्शन गर्न सकिरहेका छैनन्। फ्रेन्च लिगको जारी सिजनमा २१ खेल खेल्दा मेस्सीले मात्रै तीन गोल गरेका छन्। यधपी मेस्सीको नाममा १३ असिस्ट भने पक्कै छ। जारी सिजनमा युरोपमा केहि डिफेन्डरले समेत मेस्सी भन्दा बढी गोल गरेका छन्।
को-को छन् मेस्सी भन्दा बढी गोल गर्ने डिफेन्डर ?
बार्सिलोनाका डिफेन्डर रोनाल्ड अराउजोले मेस्सी भन्दा बढी गोल गरेका छन्। बार्सिलोनाको प्रशिक्षकमा जाभी आएयता निरन्तर मौका पाइरहेका रोनाल्ड अराउजोले लालिगाको जारी सिजनमा ४ गोल गरेका छन्। अराउजो डिफेन्समा मात्र नभई आक्रमणमा पनि अब्बल देखिरहेका छन्। मेस्सी भन्दा बढी गोल गर्ने डिफेन्डरमा साउथह्याम्प्टनका जन बेडनारेक पनि पर्छन्। उनले पनि प्रिमियर लिगको जारी सिजनमा ४ गोल गरेका छन्।
बुन्डेसलिगा क्लब स्टुटगार्टका कोन्सटान्टिनोस माभरोपानोसले समेत जारी सिजनमा मेस्सी भन्दा बढी गोल गरेका छन्। आर्सनलबाट लोनमा स्टुटगार्ट पुगेका उनले अहिले सम्म ४ गोल गरिसकेका छन्।
रियल बेटिस डिफेन्डर जारी सिजनमा उच्च प्रदर्शन गरिरहेका छन्। लालिगाको जारी सिजनमा उनले अहिले सम्म ५ गोल गरिसकेका छन्। साथै उनको नाममा ४ असिस्ट पनि छ।
लालिगामा उनी जारी सिजनमा सबै भन्दा बढी गोल गर्ने डिफेन्डरको रुपमा रहेका छन्। त्यस्तै सिरी ‘ए’ क्लब उडिनेसका अर्जेन्टिनी डिफेन्डर गोलको मामलामा मेस्सी भन्दा अगाडी छन्। घरेलु लिगमा उनले मेस्सी भन्दा ३ बढी गोल गरेका छन्।

