“म्यानचेस्टर टिम बेकार भयो, युनाइटेडका खेलाडीहरुलाई फुटबल कसरी खेल्नुपर्छ नै थाहा छैन”

लिभरपुल — लिभरपुल मंगलबार इंग्लिस प्रिमियर लिगमा शीर्ष उक्लिन सफल रह्यो, कम्तीमा केही घण्टाका लागि । त्यही खेलबाट म्यानचेस्टर युनाइटेडले भने एउटा फुटबलको पाठ सिक्यो । त्यागे इंग्लिस फुटबलको शिखरबाट यो टिम कति टाढा छ । यस्तो हुँदैनथ्यो त एनफिल्डमा म्यानचेस्टर यति नराम्रोसँग पराजित हुने थिएन । के मात्र रह्यो भने म्यानचेस्टरको शीर्ष चारमा रहेर सिजन टुंग्याउने सम्भावना त जीवन्त छ । तर, कमजोर भएको छ । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मैदानमा लिभरपुल वास्तवमै उत्कृष्ट रह्यो भने म्यानचेस्टर कमजोर । ओल्ड ट्राफोर्डमा नयाँ प्रशिक्षक आउँदै छ, एरिक टेन हगका रूपमा । त्यसअघि दुई टिमबीचको अन्तर स्पष्ट देखियो । लिभरपुलका लागि मोहम्मद सलाहले दुई गोल गरे भने साडियो मानेले एक । पहिलो गोल भने लुइस डियाजले गरे । खेलको कमेन्ट्री गरिरहेका ग्यारी नेभिलले सहनै सकेनन् । र, उनले भने, ‘अहिलेको म्यानचेस्टर टिम बेकार जस्तै छ ।’

पहिलो हाफमा म्यानचेस्टरले एउटै आक्रमण पनि बुन्न सकेन । बलमा २४ प्रतिशतमात्र नियन्त्रण । ओल्ड ट्राफोर्डमा यसअघि प्राप्त जितमा जस्तै लिभरपुलले दोस्रो हाफमा आरामले खेल्न रुचायो । ओल्ड ट्राफोर्डको ५–० हारले भनेको थियो, यो टिममा समस्या छ । अहिलेको ४–० हारले भने भनेको छ, यो समस्या निकै गहिरो छ । म्यानचेस्टरका पूर्व खेलाडी नेभिलले भने, ‘यो टिममा एकता भन्ने नै छैन । टिम भावनाले खेल्न पनि सक्दैन । फुटबल कसरी खेल्नुपर्छ, त्यसको मूल्य मान्यता केही पनि छैन ।’

पछिल्ला केही वर्षमा म्यानचेस्टरले शृंखलाबद्ध रूपमा नयाँ खेलाडीका लागि पर्याप्त लगानी गरेको छ । यसअघि क्लबमा रहेको जिततर्फ अग्रसर हुने बानी भने सबैले बिर्सेका छन् । डिजाजको पहिलो गोलबाट प्रस्ट भएको थियो, म्यानचेस्टरको डिफेन्स कति कमजोर छ भनेर ।

ट्रेन्ट आर्नोल्ड र सलाहले मिलाएको पासमा कोलम्बियाली खेलाडीले जसरी सजिलै गोल गरे, त्यसले प्रस्ट पारेको थियो, म्यानचेस्टरको डिफेन्स वास्तवमै कमजोर छ भनेर ।

प्रकाशित : बिहिबार, बैशाख ०८, २०७९०८:४५

लिभरपुल शिर्ष स्थानमा एक दिन भन्दा बढी टिक्न पाएन, सिटी फेरी शिर्ष स्थानमा !