लिभरपुल शिर्ष स्थानमा एक दिन भन्दा बढी टिक्न पाएन, सिटी फेरी शिर्ष स्थानमा !

एजेन्सी – ब्राइटनमाथि सहज जित निकाल्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा ब्राइटनलाई ३–० ले पराजित गरेपछि सिटीले लिभरपुललाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो ।

घरेलु मैदान इतिहाद स्टेडियममा बुधबार राति भएको खेलमा सिटीको सहज जितमा रियाद महारेज, फिल फोडेन र बर्नाडो सिल्भाले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा नै सम्भव भएको थियो । घरेलु मैदानमा बल पोसेसन राख्दै पाहुना टोलीलाई दवाव बढाएपनि सिटीले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

५३औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ६५औं मिनेटमा फिल फोडेनले रियाद महारेजको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ८२औं मिनेटमा केभिन डि ब्रुयनको पासमा बर्नाडो सिल्भाले गोल गर्दै टोलीको सहज जित पक्का गरे ।

यो जितसँगै शीर्षस्थानमा उक्लिएको सिटीको ३२ खेलबाट ७७ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ७६ अंक छ । पराजित ब्राइटन ३३ खेलबाट ४० अंक जोडेर १०औं स्थानमा रहेको छ ।

प्रकाशित : बिहिबार, बैशाख ०८, २०७९०९:०१

घरेलु मैदानमै आर्सनलले चेल्सीलाई पछार्यो !