घरेलु मैदानमै आर्सनलले चेल्सीलाई पछार्यो !

एजेन्सी – इंग्लिस प्रिमियर लिगको लन्डन डर्वीमा चेल्सीले घरेलु मैदानमै आर्सनलसँग हार बेहोरेको छ । चेल्सीले ४–२ को हार बेहोरेको हो ।

स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा आर्सनलको जितमा एडवर्ड एनकेडियाले दुई तथा इमिल स्मिथ रोवी र बुकायो साकाले समान एक गोल गरे । चेल्सीका टिमो वेर्नर र सिसर एज्पिलिक्वेटाले गोल फर्काए ।

खेलको १३औं मिनेटमा एडवर्ड एनकेडियाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए । १७औं मिनेटमा टिमो वेर्नरले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

२७औं मिनेटमा इमिल स्मिथ रोवीले मार्टिन ओडेगार्डको पासमा गोल गर्दै आर्सनलाई पुनः २–१ को अग्रता दिलाए । ३२औं मिनेटमा कप्तान सेसर एज्पिलिक्वेटाले मासन माउन्टको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफ भने आर्सनलको पक्षमा रह्यो । ५७औं मिनेटमा एडवर्ड एनकेडियाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै आर्सनलाई ३–२ ले अघि बढाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा बुकायो साकाले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई घरेलु मैदानमा ४–२ को हार चखाए ।

यो जितसँगै आर्सनल ३२ खेलबाट ५७ अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ । समान ५७ अंक नै रहेपनि टोटेनहम हटस्पर गोल अन्तरमा अघि छ । पराजित चेल्सी ३१ ख्ेलबाट ६२ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।

अन्य नतिजा
एभर्टनविरुद्ध लेस्टर (१–१), न्यूक्यासलविरुद्ध क्रिस्टल प्यालेस (१–०) र म्यानचेस्टर सिटीविरुद्ध ब्राइटन (३–०)

प्रकाशित : बिहिबार, बैशाख ०८, २०७९०९:३५

पिएसजी उपाधि नजिक, एमबाप्पे र मार्किन्हससँगै रामोसको पनि गोल !