एकपछि अर्को रेकर्ड तोड्दै केजीएफ–२ !

मुम्बई । दक्षिण भारतीय चलचित्र उद्योगमा कमाइको आधारमा केजीएफ–२ ले एकपछि अर्को रेकर्ड तोडिरहेको छ । अप्रिल १४ देखि प्रदर्शनमा आएको यो चलचित्रले सात दिन दुई सय ५० करोड भारु कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । चलचित्र व्यापार विश्लेषकका अनुसार यो चलचित्रले राम्रो व्यापार गरिरहेको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

यसअघि नै यसले भारतीय चलचित्रमध्ये सबैभन्दा छोटो अवधिमा (पाँच दिन) दुई सय करोड भारु कमाइ गर्ने रेकर्ड बनाइसकेको छ । केजीएफ–२ सन् २०२२ मा कम्तिमा दुई सय ५० करोड भारु व्यापार गर्ने तेस्रो भारतीय चलचित्र बन्ने करिब निश्चित छ ।

केजीएफ–२ को हिन्दी संस्करणले मंगलबारसम्म कुल २३८.७० करोड भारु कमाइसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मंगलबार एक दिनमै १९.११ करोड भारु कमाएको दृष्टिले यस चलचित्रले बुधबार दुई सय ५० भारुको व्यापार गर्ने भारतीय चलचित्रका व्यापार विश्लेषकले जिकिर गरेका छन् ।

चलचित्रले प्रदर्शनको पहिलो दिन बिहीबार ५३.९५ करोड कमाइ गरेको थियो । यो भारतीय चलचित्रमा पहिलो दिनको कमाइको रेकर्ड हो । त्यसपछि यसले दोस्रो दिन ४६.७९ करोड, शनिबार ४२.९० करोड, आइतबार ५०.३५ करोड र सोमबार २५.५७ करोड कमाइ गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

पाँच दिनमा यस चलचित्रले दुई सय करोड कमाइ पार गरेको देखिन्छ । केजीएफ–२ अघि एसएस राजमौली निर्देशित चलचित्र बाहुबली–२ भारतीय सिनेमाको सबैभन्दा ठूलो चलचित्र मानिँदै आएको थियो ।

त्यसको हिन्दी संस्करणले मात्र सबै गरेर कुल ५११ करोड कमाइ गरेको थियो । तर चलचित्र केजीएफ–२ को कमाइको रुरफ्तारलाई नियाल्दा बाहुबली–२ को कमाइलाई उछिन्ने देखिन्छ ।

प्रकाशित : बिहिबार, बैशाख ०८, २०७९०९:०४

वामदेवको महँगो शिक्षा माधव नेपालले निःशुल्क ग्रहण गरेपछि …