वर्षको पहिलो सूर्यग्रहण शनिबार, ३० अप्रिल २०२२ मा लाग्दैछ। यो ग्रहण शनिचरी औंशीको दिन लाग्ने र त्यसको एक दिन अगाडि शनिले आफ्नो राशि परिवर्तन गर्ने भएकोले यो ग्रहण अझ महत्वपूर्ण हुनेछ। जसका कारण यस सूर्य ग्रहणले हरेक मानिसको जनजीवनमा ठूलो प्रभाव पार्नेछ। विशेषगरी ३ राशि भएकाहरुलाई यो समयमा सावधानी अपनाउन पर्नेछ।

सन् २०२२ वर्षको यो पहिलो सूर्यग्रहण ३० अप्रिल २०२२ को मध्यरात १२:३० देखि बिहान ४:२३ बजेसम्म लाग्नेछ। यो ग्रहण मेष राशिमा लाग्दैछ। साथै यस दिन सूर्य, चन्द्रमा र राहुको संयोग मेष राशिमा बन्नेछ। यो अवस्था ३ राशिका लागि राम्रो रहनेछैन। यी व्यक्तिहरूले ग्रहणको नकारात्मक प्रभावबाट बच्न केही उपाय अपनाउनु पर्छ।
मेष राशि

यो सूर्यग्रहण मेष राशिमा मात्रै लाग्ने भएकाले यस राशिका मानिसमा यसको प्रभाव बढी पर्नेछ। उनीहरुले मानसिक तनावको सामना गर्नुपर्ने हुनसक्छ। शत्रुले हानि पुर्याउन सक्छन्। दुर्घटना तथा चोट-पटक लाग्न सक्छ, सावधान रहला। साथै, ग्रहणको समयमा यात्रा नगर्नुहोस्।
कर्कट राशि

कर्कट राशिको स्वामी चन्द्रमा हो, जो राहुसँग मेष राशिमा रहनेछ। यो अवस्था यस राशिका मानिसका लागि शुभ रहन्छ भन्न मिल्दैन। मानसिक तनावको सिकार हुन सक्छ। नकारात्मकता, अज्ञात हावी हुनेछ। खर्च बढ्नेछ। यो समय धैर्यवान हुनु राम्रो हुन्छ।
वृश्चिक राशि

वृश्चिक राशिका व्यक्तिहरूले मान-सम्मान गुमाउनु पर्ने हुनसक्छ। विचारपूर्वक बोल्नुहोस् र विवादबाट टाढा रहनु नै राम्रो हुनेछ। शत्रुहरुले हानि पुर्याउने प्रयास गर्न सक्छन्। खर्च बढ्नेछ।
अशुभ प्रभावबाट बच्ने उपाय
सूर्यग्रहणको अशुभ प्रभावबाट बच्न गायत्री मन्त्रको जप गर्नुहोस्। ग्रहणको समयमा कुनै पनि खानेकुरा नखानुहोस्। आफ्नो सोच सकारात्मक राख्ने प्रयास गर्नुहोस्। इष्टदेवलाई याद गर्नुहोस्। ग्रहण पछि दान गर्नुहोस्। बोलीमा मिठास राख्नुहोस्।

