फेरी वडाध्यक्षमा उठ्ने योजनामा थिए, तर पुगे खोर !

काठमाडौँ – जाजरकोटका एक जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ। जाजरकोटकाे नलगाड नगरपालिकाका एक निर्वाचित जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जाजरकोटकाे नलगाड नगरपालिका-१ का वडाध्यक्ष हिरालाल पुन रहेका छन्। वडाध्यक्ष हिरालाललाई चोरीको मोटरसाईकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ४ वैशाखमा जाजरकोट नलगाड-१ कल्पतस्थित सडकमा सवारीधनी कागजात नभएको लु५९प ०२१७ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल फेला परेको थियो। अनुसन्धान गर्नेक्रममा सो मोटरसाइकल नलगाड नगरपालिका-१ का वडाध्यक्ष हिरालाल पुनले प्रयोग गरिरहेको खुलेपछि उनलाई पक्राउ गरिएको हो।

वडाध्यक्ष पुनलाई वैशाख ६ गते पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटले जनाएको छ। प्रहरीले दिएको जानकारी अनुसार सो मोटरसाइकल लामो समयदेखि पुनले चलाउँदै आएका थिए। वडाध्यक्ष भएका कारण कागजपत्र बिना नै उनी सो मोटरसाइकलमा हिड्ने गरेका थिए। प्रहरीले समेत उनीसँग कागजपत्र माग्ने गरेको थिएन।

कागजपत्र नभएको चोरीको मोटरसाइकल चढिरहेको खुलेसँगै उनी माथि जाजरकोट जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी पुनमाथि थप अनुसन्धान शुरु गरिसकिएको छ। पुन फेरी वडाध्यक्षमा उठ्ने तयारीमा समेत थिए।

प्रकाशित : बिहिबार, बैशाख ०८, २०७९१५:२२

आफ्नो ठाउँमा अर्कैलाई परीक्षा दिन पठाएपछि …