युनाइटेड छाड्दै पोग्बा, कहाँ जालान् ? यी हुन् सम्भावित दुई क्लब !

एजेन्सी – म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले क्लब छाड्ने चर्चा फेरि सुरु भएको छ । सिजनको अन्त्यसँगै पोग्बाको युनाइटेडसँगको सम्झौता टुंगिदैछ । आउने सिजनका लागि उनी रियल म्याड्रिड वा युभेन्ट्स जाने सम्भावना बलियो रहेको बताइएको छ ।

सन् २०१६ मा युभेन्ट्सबाट युनाइटेड पुगेका उनी पुनः पुरानै क्लबमा फर्कन सक्ने चर्चा यसअघि पनि पटक पटक गरिएको थियो । यो सिजनको अन्त्यसँगै उनी युभेन्ट्स नै जाने सम्भावना रहेको आंकलन पनि गरिएको छ । युभेन्ट्ससँगै रियल पनि उनी जान सक्ने अर्को क्लब हो । दुवै क्लबले उनका प्रतिनिधिसँग छलफल अघि बढाएको बताइएको छ ।

यद्दपी युनाइटेडमै रहने विषयलाई पोग्बाले पूर्ण रुपमा खारेज पनि गरेका छैनन् । युभेन्ट्समा फर्कने वा रियलमा जाने विषयमा यसअघि पनि चर्चा भएको थियो । दुवै क्लबले लगातार उनीमाथि चासो देखिइरहेका छन् । सम्भवत रियलले उनीलाई चर्को मुल्य लगाउन सक्नेछ ।

जोसे माउरिन्हो युनाइटेडको प्रशिक्षक हुँदा क्लबमा आबद्ध भएकै सिजन पोग्बाले काराबाओ कप र युरोपा लिग जितेका थिए । त्यसयता भने टोली उपाधि विहिन रहेको छ । पोग्बा सम्मिलित फ्रान्सेली टोलीले भने विश्व कप र द नेसन्स लिग जितेको थियो । पछिल्लो पटक युनाइटेडले नर्विचलाई ३–२ ले जितेको खेलमा समर्थकले उनलाई गिज्ज्याएका थिए ।

प्रकाशित : बिहिबार, बैशाख ०८, २०७९२०:३३

एनफिल्डले देखाएको सद्भावलाई रोनाल्डोले कहिल्यै नबिर्सिने, दिए धन्यवाद !