एनफिल्डले देखाएको सद्भावलाई रोनाल्डोले कहिल्यै नबिर्सिने, दिए धन्यवाद !

एजेन्सी – पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले लिभरपुलका समर्थकलाई धन्यवाद दिएका छन्। केहि दिन अगाडी मात्रै नवजात शिशु गुमाएका रोनाल्डोको समर्थनमा लिभरपुलका समर्थकले सद्भाव देखाएपछि रोनाल्डोले लिभरपुलका समर्थकलाई धन्यवाद दिएका हुन्।

रोनाल्डोले सामाजिक संजाल मार्फत लिभरपुल समर्थकलाई धन्यवाद मात्र दिएका छैनन्, एनफिल्डले दिएको सम्मान र सद्भावलाई आफू र आफ्नो परिवारले कहिल्यै नबिर्सिने बताएका छन्।

“एक विश्व… एक खेल… एक विश्वव्यापी परिवार… धन्यवाद, एनफिल्ड। म र मेरो परिवारले यो सम्मान र करुणाको क्षणलाई कहिल्यै बिर्सने छैन।”, सामाजिक संजालमा रोनाल्डोले लेखेका छन्।

आफ्नो नवजात शिशु कारण शोकमा रहेका क्रिस्टियानो रोनाल्डोका लागि लिभरपुल समर्थकले म्यानचेस्टर युनाइटे विरुद्धको खेलको सातौं मिनेटमा स्टेडियममा उनको नामसँग जोडेर ताली बजाएका थिए।

खेलको सातौं मिनेटमा रोनाल्डोको सात नम्बरको जर्सीलाई दर्शकदीर्घामा फहराउँदै लिभरपुल समर्थकले ‘यु विल नेभर वाक अलोन’ भन्ने गीत गाएका थिए। रोनाल्डोको समर्थनमा म्यानचेस्टर युनाइटेडले तथा लिभरपुल दुबैतर्फका खेलाडीहरुले हातमा कालो आर्म ब्याण्ड लगाएका थिए।

मंगलबार रोनाल्डोले सामाजिक सञ्जालमा जुम्लयाहा मध्येका एक शिशुको निधन भएपश्चात परिवार र आफु निकै विक्षिप्त बनेको बताएका थिए । यो खबर बाहिरिएसँगै विश्वभरिका उनका समर्थक तथा फुटबल जगतले समावेदना प्रदान गर्न तथा यस दुखद घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना गरेका थिए ।

प्रकाशित : बिहिबार, बैशाख ०८, २०७९२१:४४

बार्सिलोनाको संघर्षपूर्ण जित, औबामियाङ बने निर्णायक !