बार्सिलोनाको संघर्षपूर्ण जित, औबामियाङ बने निर्णायक !

एजेन्सी – क्याटलान क्लब बार्सिलोना पुनः दोस्रो स्थानमा उक्लिएको छ। बिहिबार राति लालिगामा महत्वपूर्ण जित निकाल्दै बार्सिलोना पुनः दोस्रो स्थानमा उक्लिएको हो।

गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई पराजित गर्‍यो। बलमा अकं नियन्त्रण राखेपनि बार्सिलोना रियल सोसिडाडलाई पराजित गर्न सफल भयो।

खेलको एघारौं मिनेटमा पिएरे एम्रिक औबामियाङले गरेको गोल नै निर्णायक हुन पुग्यो। औबामियाङको गोल पश्चात दुवै टोलीबाट कुनै पनि थप गोल हुन सकेनन्।

खेलभर बार्सिलोनाले सोसिडाड विरुद्ध संघर्ष गर्न परेको थियो। बलमा बार्सिलोना भन्दा बढी सोसिडाडको नियन्त्रण थियो। बलमा सोसिडाडको ५६ प्रतिशत नियन्त्रण थियो।

खेल भर बार्सिलोनाको तर्फबाट कुल ११ प्रहार भएका थिए। जस मध्ये मात्रै एक प्रहार टार्गेटमा थियो। सो प्रहार गोलमा समेत परिणत भएको थियो। तर सोसिडाडको तर्फबाट भने कुल ८ प्रहार भए। जस मध्ये ५ प्रहार टार्गेटमा थिए।

सोसिडाड विरुद्ध जित निकालेसँगै बार्सिलोनाले ६३ अंक बनाएको छ। सिजनका ३२ खेल खेल्दा बार्सिलोनाले अहिले सम्म ५ खेलमा हार बेहोरेको छ भने १८ खेलमा जित निकालेको छ।

त्यस्तै सोसिडाड भने ५५ अंक सहित लिगको पाँचौ स्थानमा छ। सोसिडाडले सिजनका ३३ खेल खेल्दा ८ खेलमा हार बेहोर्द १५ खेलमा जित निकालेको छ।

प्रकाशित : शुक्रबार, बैशाख ०९, २०७९०९:०७

जाभी भन्छन् – ‘हामीले राम्रो खेल्न सकेनौं’