हिन्दू धर्ममा शुक्रबारलाई लक्ष्मीको दिन मानिन्छ। माता लक्ष्मीको कृपाले मात्र मानिसलाई धन प्राप्त हुने विश्वास रहेको छ। जसका कारण उनलाई धनकी देवी पनि भनिन्छ। लक्ष्मी माताको पूजा गर्ने र माता लक्ष्मीसँग सम्बन्धित उपाय गर्ने व्यक्तिले जीवनमा कहिल्यै आर्थिक समस्या भोग्नु पर्दैन भन्ने विश्वास रहेको छ। आज तपाईं थाहा पाउनुहोस् कि शुक्रबारको दिन विशेष उपाय गर्नाले माता लक्ष्मीको कृपा प्राप्त गर्न सकिन्छ।

पहिलो उपाय: शुक्रबारको दिन लक्ष्मीको कृपा प्राप्त गर्न पहेँलो कपडामा पाँचवटा कौडा, केसर र एउटा चाँदीको सिक्का बाँध्नुहोस्। त्यसपछि त्यसलाई घरको तिजोरीमा वा पैसा राख्ने ठाउँमा राख्नुहोस्। यो उपाय गर्नाले धन सम्बन्धि सबै समस्याबाट छुटकारा मिल्ने विश्वास छ।
दोस्रो उपाय: शुक्रबारको दिन शंखमा जल भरेर लक्ष्मीलाई जलाभिषेक गर्नुहोस्। यसो गर्नाले धन सम्बन्धि सबै समस्याबाट मुक्ति मिल्ने विश्वास रहेको छ।

तेस्रो उपाय: आर्थिक अवस्था मजबुत बनाउन शुक्रबार व्रत बसी अविवाहित युवतीलाई भोजन गराउनुपर्छ। कन्यालाई दक्षिणाको रूपमा लुगा दिनुहोस्। लगातार चार शुक्रबार यसो गर्नाले धन र अन्नमा वृद्धि हुने विश्वास रहेको छ।
चौंथो उपाय: सुख-समृद्धिको लागि शुक्रबार बिहान सबेरै उठेर नुहाएर सेतो रङको लुगा लगाउनुहोस्। यसपछि विधिपूर्वक लक्ष्मीजीको पूजा गरी श्री सुक्तको पाठ गर्नुहोस्। पूजाको समयमा लक्ष्मीजीलाई कमलको फूल चढाउनुहोस्।

पाँचौं उपाय: शुक्रबार लक्ष्मी मातालाई बतासे, कौडा र मखना चढाउँदा सुख-समृद्धि बढ्ने विश्वास रहेको छ। यस दिन फलामको भाँडोमा पानी भरेर त्यसमा दूध, चिनी र घिउ मिसाएर पिपलको रूखलाई अर्पण गर्नुहोस्। यसो गर्दा ऐश्वर्य र समृद्धि प्राप्त हुनेछ।

