पूर्व खेलाडी भन्छन् – “बेन्जेमा होइन मानेले जित्नुपर्छ बालोन डी’ओर”

एजेन्सी – म्यानचेस्टर युनाइटेडका पूर्व गोलकिपर एडविन भान डेर सारले यस वर्षको बालोन डी’ओरमा लिभरपुलका फरवार्ड साडियो मानेलाई नजरअन्दाज गर्न नसकिने बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा सारले यस वर्षको बालोन डी’ओर मानेले जित्नुपर्ने बताएका हुन्।

अफ्रिकाटोपस्पोर्ट्सका अनुसार एक साक्षात्कारका क्रम सारले लिभरपुल तथा सेनेगलका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका माने बारे कसैले पनि चर्चा नगरेको बताए। माने रियल म्याड्रिडका करिम बेन्जेमा बराबरकै प्रदर्शन गरिरहेपनि कसैले उनको कुरा नगरेको देखेर आफूलाई दुख लागेको सारको भनाई छ।

“बेन्जेमा बालोन डी’ओर? मेरो लागि यो हुन सक्दैन। बेन्जेमा भन्दा बढी बालोन डी’ओरको हकदार साडियो माने छन्। माने ती खेलाडी हुन् जो अहिले बेन्जेमा जस्तै राम्रो गरिरहेका छन्। तर कसैले उन्कोया बारेमा कुरा गरिरहेको छैन।”,सारले भने।

माने लिभरपुलका लागि निरन्तर उच्च प्रदर्शन गरिरहेको कुरालाई भुल्न नहुने सारले बताए। बालोन डी’ओरमा माने जति हकदार कोहि पनि नभएको उनको भनाई छ।

उनले भने,”के तपाई साडियो मानेलाई चिन्नुहुन्छ ? सालाहसँगै साडियो अहिले धेरै सिजनदेखि लिभरपुलमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। यदि कुनै खेलाडीले बालोन डी’ओर जित्नुपर्छ भने ती माने हुन्।”

माने गएको ४ सिजन भन्दा बढी समय देखि लिभरपुलका लागि उच्च प्रदर्शन गरिरहेका छन्। जारी सिजनमा पनि उच्च लयमा छन्। मानेले लिभरपुलका लागि जारी सिजनमा कुल ४२ खेल खेल्दा १९ गोल गरिसकेका छन्। त्यस्तै माने अफ्रिकन कपका विजेता पनि हुन्।

प्रकाशित : शुक्रबार, बैशाख ०९, २०७९१९:२४

एम्बाप्पेको भविष्यको टुंगो छिट्टै लाग्ने, एम्बाप्पेको परिवारले पिएसजी र रियल दुवैको अफर सुन्ने !