एम्बाप्पेको भविष्यको टुंगो छिट्टै लाग्ने, एम्बाप्पेको परिवारले पिएसजी र रियल दुवैको अफर सुन्ने !

एजेन्सी – फ्रेन्च युवा स्तर किलियन एम्बाप्पेको परिवार आउने साता म्याड्रिड जाने भएको छ। एम्बाप्पे रियल म्याड्रिड जाने चर्चा चलिरहेका बेला उनको परिवार म्याड्रिड जाने भएको हो।

रियल म्याड्रिडका उच्च अधिकारीहरुलाई भेट्न एम्बाप्पेको परिवार म्याड्रिड जान लागेको फ्रेन्च मिडियाहरु बताउँछन्। रियलका अधिकारीहरु र एम्बाप्पेको परिवार बीच विभिन्न विषयहरुमा छलफल हुने बताइएको छ। आरएमसी स्पोर्टले गरेको दावी अनुसार सो भेटघाटका क्रममा एमबाप्पेको तस्विर अधिकारको विषयमा मुख्यतया छलफल हुनेछ।

पेरिस सेन्ट जर्मेन(पिएसजी) र रियल दुवैको प्रस्ताव सुन्ने पक्षमा एम्बाप्पेको परिवार

एम्बाप्पेको सम्झौता आउने केहि महिनामै सकिँदैछ। फ्रेन्च क्लब पिएसजीले त्यस अगाडी नै एम्बाप्पेको सम्झौता थप गर्न चाहेको छ। पिएसजीको तर्फबाट भएका कयौं प्रस्ताव एम्बाप्पेले अस्विकार गरिसकेका छन्। तर पनि पिएसजीले हार खाएको छैन।

पिएसजी एम्बाप्पेलाई क्लबमा अड्याउन अन्तिम प्रस्ताव गर्ने पक्षमा छ। खबरका अनुसार एम्बाप्पेको परिवार पिएसजी र रियल दुवै क्लबको प्रस्ताव सुनेर एम्बाप्पेको भविष्य बारे निर्णय गर्ने पक्षमा छ।

एम्बाप्पेकी आमा फयजा लामारी यसै साता दोहा पुगेको बताइन्छ। त्यहाँ पिएसजीका अध्यक्ष नासेर अल-खेलाफीसँग उनको कयौं छलफल भएको फ्रेन्च मिडियाहरु बताउँछन्। पिएसजीको प्रस्ताव सुनिसकेपनि उनी म्याड्रिड जाने तयारीमा रहेकी छन्।

प्रकाशित : शुक्रबार, बैशाख ०९, २०७९१९:४३

एमबाप्पेको सम्भावित ट्रान्सफर अन्तिम चरणमा !