एमबाप्पेको सम्भावित ट्रान्सफर अन्तिम चरणमा !

एजेन्सी – फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेको भविष्यबारेको निर्णय अन्तिम मोडमा प्रवेश गरेको छ । त्यहाँ स्पेनिस क्लब रियल म्याड्रिड र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बीच केही तिक्तता छैन ।

यद्दपि पिएसजीले एमबाप्पेलाई सम्झौता नविकरण गर्न दवाव जारी राखेको छ । एमबाप्पे रियल म्याड्रिड जाने चर्चा चलिरहेका बेला उनको परिवार म्याड्रिड जाने भएको हो । रियल म्याड्रिडका उच्च अधिकारीहरुलाई भेट्न एमबाप्पेको परिवार म्याड्रिड जान लागेको हो । भेटमा एमबाप्पेको सम्भावित स्थानान्तरण नै मुख्य एजेन्डा हुनेछ । एमबाप्पेको परिवार पिएसजी र रियल दुवैको प्रस्ताव सुन्ने योजनामा छ । यसपछि मात्रै एमबाप्पेको भविष्यको छिनोफानो हुनेछ ।

पिएसजी एमबाप्पेले नयाँ सम्झौता गर्नेमा आशावादी रहँदा एमबाप्पेको आमाको भ्रमण सम्भावित रुपमा नविकरण सम्झौता बन्द गर्न महत्वपूर्ण हुने आँकलन गरिएको छ । पिएसजी कम्तीमा पनि २०२२–२३ को सिजनको लागि आफ्नो टोलीमा फ्रान्सेली फरवार्डलाई राख्न चहान्छ । जुन कतार विश्वकप २०२२ को क्षण हो ।

टेबलमा रहेको एउटा सम्भावनामा एमबाप्पेले पिएसजीमा दुई वर्षको सम्झौता विस्तार गर्न सक्ने देखिन्छ । जबसम्म त्यहाँ एक वाचा छ कि क्लबले त्यसपछि उलाई बिक्रीको सुविधा दिनेछ । यदि उसले पहिलो सत्रको अन्त्यमा क्लब छोड्ने निर्णय गरेमा ।

एमबाप्पेको चाहना रियल म्याड्रिडबाटै खेल्ने रहेको छ । पिएसजीको प्रस्ताव सबै स्तरमा असाधरण छ । २३ वर्षीय एमबाप्पेमाथि पिएसजीले क्लब छाड्नेमा शंका गरिरहेको छ ।

गत सिजन रियल म्याड्रिडले प्रस्ताव गर्दा उनी त्यसमा सकरातमक रहेको बुझिएको छ । लस ब्लान्कोसले प्रस्तावले एमबाप्पेलाई स्पेनिस क्लबको इतिहासमा सबैभन्दा धेरै कमाउने खेलाडी बनाउनेछ । यद्दपि त्यो भन्दा पनि आकर्षक प्रस्ताव पिएसजीले देखाएर उनीमाथि दवाव बढाइरहेको छ ।

प्रकाशित : शनिबार, बैशाख १०, २०७९०८:५१

आर्सनल भर्सेस युनाइटेड: कसले मार्ला बाजी ? खेल कुन च्यानलमा हेर्ने ?