आर्सनल भर्सेस युनाइटेड: कसले मार्ला बाजी ? खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – प्रिमियर लिगको शिर्ष चार दौडमा रहेका आर्सनल र म्यानचेस्टर युनाइटेड आज आमने-सामने हुँदैछन्। प्रिमियर लिगको पाँचौ र छैठौं स्थानमा रहेका आर्सनल र युनाइटेड आसनलको घरेलु मैदानमा आमने-सामने हुन लागेका हुन्।

आज हुने खेल शिर्ष चारको दौडमा रहिरहन दुवै क्लबका लागि महत्वपूर्ण रहनेछ। दुवै टोली एक अर्कालाई पराजित गर्ने दाउमा हुनेछन्। आर्सनल अहिले प्रिमियर लिगको पाँचै स्थानमा रहेको छ। सिजनका ३२ खेल खेल्दा आर्सनलले १८ जित निकाल्दा ११ खेलमा हार बेहोरेको छ। आर्सनलको ५७ अंक छ।

त्यस्तै युनाइटेडले भने अहिले सम्म ३३ खेल खेलिसकेको छ। आर्सनल भन्दा एक खेल बढी खेल्दा युनाइटेडले १५ जित निकालेको छ भने ९ खेलमा हार बेहोरेको छ। युनाइटेडको ५४ अंक छ।

आज हुने खेलमा जित निकाल्न सकेको खण्डमा आर्सनल चौथो स्थानमा उक्लनेछ। हारेको खण्डमा भने शिर्ष चारको दौडमा रहेको अर्को क्लब टोटेनह्याम र युनाइटेडलाई फाइदा हुनेछ।

त्यस्तै आज जित निकालेर पनि युनाइटेड भने शिर्ष चारमा उक्लिन सक्नेछैन। आज जित निकालेपनि गोलअन्तरका आधारमा युनाइटेड छैठौं स्थानमै सिमित हुन सक्नेछ।

खेल आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा नेपाली समय अनुसार आज ५ बजेर १५ मिनेटमा शुरु हुनेछ। खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट २ मा हेर्न सकिनेछ।

प्रकाशित : शनिबार, बैशाख १०, २०७९०९:३३

प्रिमियर लिगमा आज पाँच खेल हुँदै: कुन खेल कुन च्यानलमा हेर्ने ?