प्रिमियर लिगमा आज पाँच खेल हुँदै: कुन खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – प्रिमियर लिगमा विभिन्न पाँच खेलमा १० टोली प्रतिष्पर्धा गर्दैछन्। लिग निष्कर्ष तर्फ अगाडी बढिरहेका बेला आज एकै दिन पाँच खेल हुन लागेका हुन्।

आज सबै भन्दा पहिला आर्सनल र म्यानचेस्टर युनाइटेड आमने-सामने हुनेछन्। आर्सनलको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार आज साँझ ५ बजेर १५ मिनेटमा शुरु हुनेछ। खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट वान २ मा हेर्न सकिनेछ।

त्यस्तै नेपाली समय अनुसार रातको ७ बजेर ४५ मिनेटमा एक साथ तीन खेल शुरु हुनेछन्। त्यस समय लेस्टर र एस्टन भिल्ला, म्यानचेस्टर सिटी र वाटफोर्ड, तथा नर्विच सिटी र न्यूक्यासल आमने-सामने हुनेछन्।

म्यानचेस्टर सिटी र वाटफोर्ड विरुद्धको खेल स्टार स्पोर्ट्स सेलेक्ट वान २मा हेर्न सकिनेछ। बाँकी दुई खेल भने नेपालबाट कुनै पनि च्यानलमा हेर्न सकिनेछैन।

त्यस्तै आज ब्रेनफोर्डले पनि टोटेनह्यामको सामना गर्दैछ। ब्रेनफोर्डको घरेलु मैदानमा ब्रेनफोर्ड र टोटेनह्याम आमने-सामने हुन लागेका हुन्। यी दुई बीचको खेल नेपाली समय अनुसार १० बजेर १५ मिनेट पश्चात स्टार स्पोर्ट्स सेलेक्ट वान २मा हेर्न सकिनेछ।

प्रकाशित : शनिबार, बैशाख १०, २०७९११:२६

आज जित निकाले पिएसजी च्याम्पियन्स हुने, मेस्सी खेल्छन् कि खेल्दैनन् ?