आज जित निकाले पिएसजी च्याम्पियन्स हुने, मेस्सी खेल्छन् कि खेल्दैनन् ?

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले आज राति लेन्सको सामना गर्दैछ। घरेलु मैदान पार्क डे प्रिन्सेसमा आज पिएसजीले लेन्सको सामना गर्न लागेको हो।

पिएसजी अहिले फ्रेन्च लिग वानको शिर्ष स्थानमा रहेको छ भने लेन्स सातौं स्थानमा रहेको छ। आजको खेलमा पिएसजी जित निकाल्दै लिग वान च्याम्पियन बन्ने दाउमा हुँदा लेन्स पिएसजीलाई रोक्ने पक्षमा हुनेछ। आजको खेलमा जित निकाल्न सके पिएसजी लिग वान च्याम्पियन बन्नेछ।

पिएसजीले अहिले सम्म सिजनका ३३ खेल खेलिसकेको छ। यस बीचमा पिएसजी मात्रै ४ खेलमा मात्रै पराजित भएको छ। पिएसजीले २४ जित निकाल्दा बाँकि ५ खेलमा बराबरी खेलेको छ। पिएसजीको ७७ अंक रहेको छ।

यस्तै लिगको दोस्रो स्थानमा मार्से रहेको छ। मार्सेले पनि अहिले सम्म ३३ खेल खेलिसकेको छ। यस बीचमा मार्सेले १८ जित निकालेको छ भने ७ खेलमा पराजित भएको छ। मार्से पिएसजी भन्दा १५ अंकले पछाडी छ।

आज लेन्स विरुद्ध जित निकाल्न सकेको खण्डमा पिएसजीको ८० अंक पुग्नेछ। आजको खेल जितेर बाँकी चार खेल हारेपनि मार्सेले पिएसजीलाई भेट्न सक्नेछैन। जसकारण लेन्स जित निकालेको खण्डमा पिएसजी आजै च्याम्पियन घोषित हुनेछ।

मेस्सी खेल्छन् कि खेल्दैनन् ?

अर्जेन्टिनी स्टार लियोनेल मेस्सी पछिल्लो खेलमा अनुपस्थित थिए। खुट्टामा समस्या देखिएपछि मेस्सी एन्जर्स विरुद्धको खेलमा खेल्न सकेका थिएनन्। सो खेलमा पिएसजी ३-० को गोल अन्तरले पराजित भएका थिए।

लेन्स विरुद्धको खेलमा भने मेस्सी खेल्ने उच्च सम्भावना रहेको छ। पिएसजीले सार्वजनिक गरेको प्रारम्भिक टोलीमा मेस्सीको नाम समावेश छ। त्यस्तै लेन्स विरुद्ध नेयमार, एम्बाप्पेसँगै डिफेन्डर रामोस पनि उपलब्ध हुनेछन्।

प्रकाशित : शनिबार, बैशाख १०, २०७९१५:२१

छाँगाबाट खस्ने अवस्थामा चेल्सी, यस्तो भए शिर्ष चारबाट आउट !