गठबन्धनका कारण जसपा नेताले छाडे पार्टी !

काठमाडौँ – जनता समाजवादी पार्टीका विराटनगरका नेता उमेश यादवले पार्टी परित्याग गरेका छन् ।

विराटनगरमा आज पत्रकार सम्मेलन गरि पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले विराटनगरमा गठबन्धनको आवश्यकता नभएपनि केन्द्रले जबर्जस्ती गरेका कारण पार्टी छोडेको बताए ।

आफू कुनै पार्टीमा नजाने र स्वतन्त्र उम्मेदवारी दिने विषयमा छलफल भईरहेको उनले बताए । यादव यसअघि संघीय समाजवादी र माओवादीको तर्फबाट विराटनगर प्रमुखको उम्मेदवार बनेका थिए । यसपटक पनि यादवले प्रमुखको उम्मेदवारी दिने घोषणा गरेका थिए ।

५ दलीय गठबन्धनले विराटनगरको प्रमुखमा काङ्ग्रेस र उपप्रमुखमा जसपाले उम्मेदवारी दिने निर्णय गरेको थियो ।

प्रकाशित : शनिबार, बैशाख १०, २०७९१९:०४

माओवादी र कांग्रेसले पेलेपछि भड्किइन् झाँक्री मध्यराति दिइन् कडा चेतावनी !