रियलविरुद्धको जितलाई जाभीले ‘साइन्स फिक्सन’ भने, लालिगा जित्न नसक्ने घोषणा !

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्देजले लालिगा जित्न व्यावहारिक रूपमा असम्भव रहेको बताएका छन्। रायो भ्यालेकानो विरुद्धको खेल अगाडी पत्रकारहरु सँग कुराकानी गर्नेक्रममा जाभीले यसपटक लालिगा बार्सिलोनाले जित्न सक्ने व्यावहारिक आधार नरहेको बताएका हुन्।

पत्रकार समक्ष जाभीले बार्सिलोना दोस्रो स्थानका लागि खेलिरहेको पनि बताए। उनका अनुसार बार्सिलोनाको मूख्य लक्ष्य अब दोस्रो स्थानमा रहेर च्याम्पियन्स लिगका लागि छनौट हुनु हुनेछ। लालिगामा रियललाई भेट्टाउन चाहेपनि असमभाव देखिएको जाभीको भनाई छ।

“यथार्थवादी बनौं, यस सिजन लालिगा जित्नु व्यावहारिक रूपमा असम्भव छ। पछिल्ला केही खेलहरूमा हामीले पाएको यो सबैभन्दा राम्रो अनुभूति होइन।”,जाभीले भने।

पत्रकार सम्मेलनक क्रममा जाभीले आफूहरु बार्सिलोनाको परियोजनाको पहिलो वर्षमा रहेको पनि बताए। आउने वर्ष बार्सिलोना उपाधिका लागि प्रतिष्पर्धा गर्ने जाभीको भनाई छ।

उनले भने,”हामी धेरै धैर्यवान हुनुपर्छ। हामी परियोजनाको पहिलो वर्षमा छौँ। यस वर्ष केहि कठिन रहेपनि आउने वर्ष हामी उपाधिका लागि प्रतिष्पर्धा गर्ने छौँ।”

जाभीले रियल म्याड्रिडलाई स्यान्टियागो बर्नाबेउमा हराएको खेललाई ‘साइन्स फिक्सन’को संज्ञा दिए। बार्सिलोना मेस्सी पछिको युगमा रहेका कारण सबैले धैर्य गर्नुपर्ने जाभीले बताए। उनले भने,”हामीले बुझ्नुपर्छ कि हामी मेस्सी पछिको युगमा छौं र हामीले धेरै धैर्य गर्नुपर्छ। हामी उपाधि जित्ने अवस्थामा छैनौं। हामीले आफूलाई बलियो बनाउनुपर्छ र खेल्दा साहस देखाउनुपर्छ।”

प्रकाशित : आइतबार, बैशाख ११, २०७९०९:३७

युनाइटेडको भयो हरि-बिजोक, आर्सनलले गर्यो राम-धुलाई !