चेल्सीलाई लाग्ने भयो झड्का, महत्वपूर्ण खेलाडीले क्लब छाड्ने पक्का !

एजेन्सी – जर्मन डिफेन्डर एन्टोनी रुडिगरले प्रिमियर लिग क्लब चेल्सी छाड्ने पक्का भएको छ। यहि सिजनको अन्त्यमा सम्झौता सकिँदै गरेका रुडिगरले चेल्सी छाड्ने पक्का भएको हो।

एन्टोनी रुडिगरले यहि सिजनको अन्त्यमा चेल्सी छाड्न लागेको चेल्सीका प्रशिक्षक थोमस टुचेलले पुष्टि गरे। आइतबार वेस्ट ह्याम युनाइटेड विरुद्धको खेलमा जित निकालेपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा टुचेलले रुडिगर चेल्सी छाड्ने मनस्थितिमा रहेको बताएका हुन्।

रुडिगरले चेल्सी छाड्न चाहेको बारे आफूलाई प्रष्ट पारिसकेको टुचेलको भनाई छ। टुचेलका अनुसार रुडिगरले चेल्सी छाड्न चाहेको उनलाई जानकारी गराइसकेका छन्।

“स्थिति यस्तो छ कि उनी क्लब छोड्न चाहन्छन्। उनले मलाई यो कुरा एक निजी कुराकानीमा बताइसकेका छन्।”,पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा टुचेलले भने। क्लबले पूरा प्रयास गरिरहेपनि रुडिगरलाई अड्याउन नसकिने स्थिति उत्पन्न भएको टुचेलले बताए।

चेल्सी र रुडिगर बीचको सम्झौता यहि सिजन सम्मका लागि मात्रै छ। उनी अहिले नै विश्वका जुनसुकै क्लबसँग अग्रिम सम्झौता गर्न खुला भइसकेका छन्। रुडिगर फ्री ट्रान्सफरमा उपलब्ध हुने हुँदा युरोपका धेरै क्लबहरुले उनलाई भित्र्याउने प्रयास गरिरहेका छन्।

रुडिगरलाई भित्र्याउन चाहने क्लबहरुमा रियल म्याड्रिड, बार्सिलोना, पेरिस सेन्ट-जर्मेन, युभेन्टस र बायर्न म्युनिख रहेका छन्। तर उनलाई भित्र्यौअने दौडमा सबै भन्दा अगाडी रियल म्याड्रिड देखिन्छ।

प्रकाशित : सोमबार, बैशाख १२, २०७९१०:३६

लेवान्डोस्की भित्र्याउने बार्सिलोनाको सपना चकनाचुर !