सूर्य-राहुको बन्दै निकै खतरनाक संयोग, एक महिना यी ५ राशि रहनुहोस् सावधान !

सूर्यलाई सबै ग्रहहरूको राजा मानिन्छ। त्यस्तै, राहु छाया ग्रह हो। धार्मिक मान्यता अनुसार सूर्य र चन्द्र ग्रहण राहु–केतुको कारणले लाग्ने गर्छ। कुनै पनि राशिमा गोचर गर्दा राहु र सूर्य एकसाथ आएमा राहुको प्रभावले सूर्यको प्रभावलाई कम गरी विपरीत परिणाम दिन थाल्छ। यी दुई ग्रहको संयोजनले ग्रहण योग बनाउँछ। ग्रहण योगले मानिसको स्वास्थ्यमा सबैभन्दा बढी असर गर्छ।

राहु-सूर्यको संयोगका कारण २०२२ वर्षको पहिलो सूर्यग्रहण अप्रिल ३० को रात १२ः३० बजे लाग्नेछ जुन बिहान ४ः२२ बजे समाप्त हुनेछ। पञ्चांगका अनुसार यो ग्रहण भरणी नक्षत्र र मेष राशिमा वैशाख औंशीको दिन लाग्नेछ। सूर्य र राहुको संयोगले प्रत्येक राशिका लागि ग्रहण योग सिर्जना गर्नेछ, जसले प्रत्येक व्यक्तिको जीवनमा प्रभाव पार्नेछ।

राहु-सूर्यको संयोग मे १५ गतेसम्म रहनेछ

अप्रिल १४ बाट सूर्य मेष राशिमा गोचर गरिरहेका छन् भने राहुले यही अप्रिल १२ बाट गोचर गरिरहेका छन्। मे १५ मा सूर्य वृष राशिमा प्रवेश गर्नेछ। यस दिन राहु-सूर्य संयोग समाप्त हुनेछ। जसका कारण सबै राशिले ग्रहण योगबाट मुक्ति पाउनेछन्। तर अप्रिल 30 देखि मे 15 सम्म लगभग सबै राशिका व्यक्तिहरूले धेरै सावधानी अपनाउनुपर्नेछ।

यी राशिमा पर्नेछ ग्रहण योगको सबैभन्दा ठूलो प्रभाव 

मेष राशि 

मेष राशि हुनेहरुका लागि यो समय निकै महत्वपूर्ण रहनेछ। किनकी राहु-सूर्य संयोगले यस राशिमा ग्रहण योग बन्नेछ। ग्रहण योगको अवधिमा हरेक काममा सावधानी अपनाउन जरुरी छ। स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ। बाबुको स्वास्थ्यमा ठूलो गिरावट आउन सक्छ।

वृष राशि 

ग्रहण योगले पारिवारिक जीवनसँग सम्बन्धित धेरै समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। विशेष व्यक्तिबाट धोका हुन सक्छ र स्वास्थ्यमा पनि असर पर्ने सम्भावना छ। रोजगारी भएका व्यक्तिलाई कार्यस्थलमा समस्या आउनसक्छ। धेरैले कुनै न कुनै कारणले आफ्नो जागिर गुमाउनु पर्न सक्छ। काममा कुनै पनि प्रकारको जोखिम नलिनुहोस्।

कर्कट राशि 

यस राशिका व्यक्तिहरूले आमाको स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने देखिन्छ। यस अवधिमा तपाईंले आर्थिक संकटको सामना गर्नुपर्ने हुन सक्छ। सवारी चलाउँदा सावधानी अपनाउनु होला अन्यथा दुर्घटना हुनसक्छ। पैसाको लेनदेन सावधानीका साथ गर्नुहोस्।

कन्या राशि 

यस अवधिमा शत्रुहरूले तपाईंमाथि हावी हुने प्रयास गर्न सक्छन्। आर्थिक अभावका कारण एक–दुई पटक समस्या आउन सक्छ। ऋणले सताउनेछ। स्वास्थ्यमा ह्रास आउन सक्छ।

वृश्चिक राशि 

यस अवधिमा तपाईंलाई कुनै चोटपटक वा सवारी दुर्घटना आदि हुने सम्भावना छ। त्यसैले यात्रा गर्दा विशेष सावधानी अपनाउन सल्लाह दिइन्छ। काममा नयाँ समस्या आउन सक्छ।

प्रकाशित : सोमबार, बैशाख १२, २०७९१२:२३

आउँदो एक महिना यी ५ राशिमा रहनेछ धनका देवता कुबेरको विशेष कृपा, मिल्नेछ धनलाभ !