एजेन्सी – प्रिमियर लिग र लालिगाको शिर्ष स्थानमा रहेका दुई टोली बीच आज घमासान हुँदैछ। च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रिमियर लिग लिडर म्यानचेस्टर सिटी र लालिगा लिडर रियल म्याड्रिड आज राति आमने-सामने हुन लागेका हुन्।
सेमिफाइनलको पहिलो लेगमा सिटी र रियल सिटी बीचको खेल सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुनेछ। आज हुने खेलमा दुवै टोली जित निकाल्ने दाउमा हुनेछ।
सिटी र रियल दुवै जारी सिजनमा उत्कृष्ट लयमा रहेका छन्। सिटीले च्याम्पियन्स लिगको क्वाटर फाइनलमा एट्लेटिको म्याड्रिडलाई पराजित गरेको थियो। सिटीले एट्लेटिकोलाई पहिलो लेगमा १-० ले पराजित गरेको थियो भने दोस्रो लेगमा ०-० को बराबरी खेलेको थियो।
त्यस्तै रियल भने साविक विजेता चेल्सीलाई पराजित गरेर सेमिफाइनलमा पुगेको हो। चेल्सी विरुद्धको पहिलो लेगमा रियल ३-१ ले विजयी भएको थियो। तर दोस्रो लेगमा भने ३-२ को गोल अन्तरले पराजित भएको थियो। समग्रमा ५-४ को जित निकाल्दै रियलले सेमिफाइनलमा स्थान बनाएको थियो।
सिटी र रियल अहिले सम्म च्याम्पियन्स लिगमा ६ पटक आमने-सामने भएका छन्। जसमध्ये २ खेल सिटीले जितेको थियो भने २ खेल रियलले जितेको थियो। त्यस्तै दुई खेल भने बराबरीमा टुंगिएको थियो।
यी दुई बीच पछिल्लो पटक सन् २०१९-२० को च्याम्पियन्स लिगको क्वाटरफाइनलमा भेट भएको थियो। त्यसबेला दुवै लेग सिटीले २-१ को गोल अन्तरले विजयी भएको थियो। समग्रमा रियललाई ४-२ को गोल अन्तरले पराजित गर्दै रियल सेमिफाइनलमा पुगेको थियो।
सिटी र रियल बीचको खेल नेपाली समय अनुसार रातिको १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ। खेल भारतीय च्यानल सोनी टेन टेन २ मा हेर्न सकिनेछ।