एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डियोलाले रियल म्याड्रिडका स्टार फरवार्ड करिम बेन्जेमा करियरको उत्कृष्ट क्षणमा रहेको बताएका छन्। च्याम्पियन्स लिगमा रियलको सामना गर्नु अगाडी पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा गार्डियोलाले बेन्जेमा करियरकै उत्कृष्ट स्तरमा रहेको बताएका हुन्।
गार्डियोलाले बेन्जेमा धेरै राम्रो लयमा रहेको कुरालाई नजर अन्दाज गर्ने पक्षमा आफूहरु नरहेको सुनाए। बेन्जेमालाई रोक्न आफूहरुले सक्दो प्रयास गर्ने र गोल गर्ने अवसर नै नदिने गार्डियोलाको योजना छ। रियल विरुद्धको खेलमा राम्रोसँग डिफेन्ड गर्ने गार्डियोलाले बताए।
“स्पोर्टिङ विरुद्धको दुई खेल, एट्लेटिको विरुद्धको पहिलो खेलमा हामी गोल नबेहोर्ने रणनीति सहित खेलेका थियौं। दोस्रो लेगमा पनि दुवैले राम्रो खेले। तर हामीले राम्रो डिफेन्ड गर्यौं। हामीले राम्रो डिफेन्ड गर्नुपर्नेछ।”,गार्डियोलाले भने,”बेन्जेमाले आफ्नो करियरमा धेरै गोल गरेका छन्। बेन्जेमा गज्जबका खेलाडी हुन्। हामी राम्रोसँग डिफेन्ड गर्ने छौँ। डिफेन्ड गर्दै गोलको अवसर शिर्जना गर्ने हाम्रो प्रस्थामिकता हुनेछ।
बेन्जेमा गोल गर्ने खेलाडी मात्र नभएको गार्डियोला मान्छन्। उनको उपस्थितिमा रियल धेरै सहज फुटबल खेल्ने गार्डियोलाको भनाई छ। बेन्जेमा फुटबलको आधुनिक स्ट्राइकर रहेको हुँदा उनलाई रोक्न सिटीले भरपुर प्रयास गर्ने गार्डियोलाको भनाई छ।
उनले भने,”उनी आफ्नो करियरको उत्कृष्ट क्षणमा छन्। उनी हरेक खेल बुझ्छन्। कुन खेलमा के गर्नु पर्छ उनलाई थाहा हुन्छ। बेन्जेमा हरेक खेलमा अद्भुत खेल्छन्। उनी गोल मात्र गर्दैनन्, टोलीलाई बलमा सहज महसुस गराउँछन्। उनी फुटबलको आधुनिक स्ट्राइकर हुन् र उनलाई रोक्ने हाम्रो प्रयास रहन्छ।”

