बायर्न म्युनिखलाई हराएको भिल्लारियलमाथि लिभरपुलको सहज जित !

एजेन्सी – युभेन्ट्स र बायर्न म्युनिखजस्तो बलियो टोलीलाई पन्छाएको भिल्लारियलमाथि इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिग अन्तरगत सेमिफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ ।

लिभरपुलले स्पेनिस क्लब भिल्लारियलमाथि २–० को सहज जित हात पारेको हो । एनफिल्डमा बुधबार राति भएको खेलमा घरेलु टोलीको सहज जितमा साडियो मानेले गोल गर्दा एक गोल उपहार पाएको थियो । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

खेलको सुरुवातदेखि नै पाहुना टोलीलाई दवावमा राखेको लिभरपुलले गोलको दोस्रो हाफमा आत्मघाती गोलको साहरा लिनु परेको थियो । ५३औं मिनेटमा पर्भिस इस्टुपिनानले आत्मघाती गोल गरेपछि लिभरपुलले १–० को अग्रता लिन सफल भयो । कप्तान जोर्डन हेन्डरसनको क्रसलाई बचाउने क्रममा इस्टुपिनानले आफ्नै पोस्टतर्फ गरेको प्रहारलाई गोलरक्षक जेरोनिमो रुल्लीले बचाउने प्रयास गरेपनि सफल हुन सकेन ।

त्यसको दुई मिनेट पछि नै मोहम्मद सलाह र साडियो मानेको समन्वयमा मानेले गोल गर्दै लिभरपुलको अग्रत दोब्बर पारे । सलाहको थ्रु बललाई नियन्त्रणमा लिदै मानेले गोल गर्न सफल रहे ।

युभेन्ट्स र बायर्न म्युनिखजस्तो बलियो टोलीलाई पन्छाएको प्रि–क्वाटरफाइनल र क्वाटरफाइनलबाट पन्छाएको भिल्लारियलले लिभरपुलविरुद्ध भने सोचेअनुरुपको खेल पस्कन नसक्दा पहिलो लेगमा हार बेहोर्न पुग्यो ।

यो जितसँगै लिभरपुलले फाइनल पुग्ने सम्भावना बलियो बनाउँदा यो सिजन चार उपाधि जित्ने आशा पनि जीवितै राखेको छ । लिभरपुलले लिग कपको उपाधि जित्दा च्याम्पियन्स लिगसँगै एफए कप र प्रिमियर लिगको उपाधि दौडमा रहेको छ ।

अब दोस्रो लेगमा यही नतिजा कायम राख्न सके लिभरपुल फाइनलमा पुग्नेछ । भिल्लारयललाई फाइनल पुग्न घरेलु मैदानमा हुने दोस्रो लेगमा कम्तीमा पनि ३–० को जितको खाँचो छ । दोस्रो लेग भिल्लारियलको मैदानमा अर्काे साता हुनेछ ।

प्रकाशित : बिहिबार, बैशाख १५, २०७९०७:५३

बार्सिलोना र डेम्बेले नवीकरण सम्झौता नजिक !