औद्योगिक क्षेत्रमा लोडसेडिङ, घरायसी क्षेत्रमा के हुन्छ ?

काठमाडौं । भारतबाट विद्युत् आयात गर्न नसकेपछि औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरु भएको छ । भारतमा महँगो भएको भन्दै झण्डै एक महिना अघिदेखि प्राधिकरणले औद्योगिक क्षेत्रमा विद्युत कटौती गर्न थालेको थियो । उर्जा संकट अझै लम्बिने देखेपछि प्राधिकरणले लोडसेडिङ सुरु गरेको हो । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

प्राधिकरणले रातमा सबै उद्योगको विद्युत काट्ने  गरेको छ । प्राधिकरणका अनुसार घरायसी क्षेत्रको भने लोडसेडिङ नुहने प्राधिकरणले भनेको छ । केहि उद्योगमा दिउँसो पनि काटिएको व्यवसयाीहरुले बताएका छन । भारतमै विद्युतको संकट सुरु भएपछि नेपालले विद्युत पाउन नसकेको हो । भारतमा विद्युत माग अहिले अधिक बढेको छ । भारतमा कोइलाबाट चल्ने थर्मल प्लान्टबाट उत्पादन हुने विद्युतको हिस्सा ठुलो रहेको छ ।

रुस–युक्रेन युद्धका कारण अन्तराष्ट्रिय बजारमा कोइला अभाव पनि चर्केको छ । कोइलाको मूल्य चार गुणा बढेको छ । जसको असर विद्युत उत्पादनमा परेको हो । नेपालले भारतमा कोइलाबाट उत्पादन हुने विद्युत मात्रै प्रतिस्पर्धी बजारबाट किन्न पाउँछ ।

सो सम्वन्धमा नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार भारतको बिहार क्षेत्रमा प्रसारणलाइन मर्मतका कारण बिजुली आयात हुन सकेको छैन । सोही कारण उद्योगहरूले बिजुली नपाएको उनको भनाई छ । शुक्रबारसम्ममा मर्मत सकिने अपेक्षा गरिएको छ । समयमा मर्मत सकिए अगाडि पनि विद्युत् आयात हुनसक्ने प्राधिकरणको भनाई छ ।

प्रकाशित : बिहिबार, बैशाख १५, २०७९०८:१०

नीतिबिहीन नेताहरु अझै पनि गालीगलौजमै व्यस्त, ओली र गगन बीच दोहोरि !