महेश बस्नेतले गगन थापालाई बोकाको संज्ञा दिएपछि …

काठमाडौँ – नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई काउन्टर जवाफ फर्काएका छन्। सार्वजनिक रुपमै महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट गएर ट्युसन पढाउने बताएपछि नेता बस्नेतले सामाजिक संजाल मार्फत काउन्टर जवाफ फर्काएका हुन्।

थापाले सामाजिक संजाल मार्फत थापालाई गुरु सरहका ओलीलाई ट्युसन पढाउने रहर नगर्न आग्रह गरेका छन्। कांग्रेसबाट उम्मेद्वार छनौट प्रकृयामा पार्टीको निर्णयलाई अस्वीकार गर्दै देशभर बागी बिद्रोही हाल्ने साथीहरुलाई सम्हाल्न नेता थापालाई बस्नेतको सुझाव छ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार मात्रै एमाले अध्यक्ष केपी ओलीलाई ट्युसन पढाउनु पर्ने भन्दै व्याङ्गे गरेका थिए। ओलीले नेपाली कांग्रेसले बनाएको घोषणापत्रमा आफ्नो आइडिया चोरेको आरोप लगाएपछि त्यसको जवाफ दिँदै थापाले समय मिलेपछि बालकोट नै पुगेर ट्युन पढाउने बताएका थिए।

बस्नेतले थापालाई टिकट वितरण प्रकृयामा आर्थिक लेनदेन, धाँदली, चलखेल र अनियमितता भएको भन्दै गोरखा, काभ्रे, खोटाङ्ग लगाएत जिल्लामा कुटाकुट भएको तर्फ बढी ध्यान दिन सुझाव समेत दिएका छन्।

थापा विरुद्ध बस्नेत केहि आक्रामक पनि देखिएका छन्। देशभरका कांग्रेस नेताहरु चाण्डेग्रेस, माधबाग्रेस, उपेन्द्ग्राग्रेस हुन नसकेर बागी उम्मेदवारी दिरहेको पनि बस्नेतले स्मरण गराउन खोजेका छन्।

नेता बस्नेतले सामाजिक संजालमा यसो लेखेका छन्

कट वितरण प्रकृयामा आर्थिक लेनदेन, धाँदली, चलखेल र अनियमितता भएको भन्दै गोरखा, काभ्रे, खोटाङ्ग लगाएत जिल्लामा कुटाकुट गर्ने उम्मेद्वार अनि प्रचाण्डेग्रेस, माधबाग्रेस, उपेन्द्ग्राग्रेस हुन नसकेर देशभर बागी बिद्रोही हाल्ने साथीहरुलाई सम्झाउन छाडेर, ब्रेक फेलभएको, भिरको ओरालो हिडेको कांग्रेसलाई ठीक ठाउँमा ल्याउन छाडेर बा र गुरु सरहका नेतालाई ट्युसन पढाउन मन लागेछ मेरो मित्र गगन जि लाई । बोको बड्यो भने मुखमा …… गर्छ भन्थे, हो रहेछ ।

प्रकाशित : बिहिबार, बैशाख १५, २०७९०९:३९

माधव नेपाल भन्छन् – ‘ओलीले जनतालाई दुख दिए, तर हामीले सुख मात्रै दिएका छौँ’