माधव नेपाल भन्छन् – ‘ओलीले जनतालाई दुख दिए, तर हामीले सुख मात्रै दिएका छौँ’

PsLs[t ;dfhjfbLsf cWoIf g]kfn k|wfgdGqL z]/axb'/ b]pjf kt~hln of]ukL7 g]kfncGtu{t gjlgld{t /Tg ;/f{km ejg, kt~hln g]kfn / cf:yf g]kfn l6eL tyf :jb]zL ;d[l4 sf8{sf] z'qmaf/ pb3f6g sfo{qmddf ;Daf]wg ub}{ g]skf - PsLs[t ;dfhjfbL_ sf cWoIf dfwjs'df/ g]kfn . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सामाजिक सुरक्षा भत्ताको शुरुवात आफूहरुले गरेको दावी गरेका छन्। बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेपालले वृद्ध भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता आफूहरुले शुरु गरेको दावी गरेका हुन्।

राजधानीमा आयोजित पार्टी एकीकरण कार्यक्रममा बोल्दै नेपालले एमाले अध्यक्ष केपी शर्माले नभई आफूहरुले सामाजिक सुरक्षा भत्ताको शुरुवात गरेको दावी गरे। सामाजिक सुरक्षा भत्ताको शुरुवात गर्ने कार्यमा ओलीको कुनै भूमिका नरहेको नेपालले बताए। सो कार्यमा मनमोहन अधिकारी, भरतमोहन अधिकारी र आफ्नो भूमिका रहेको नेपालको दावी छ।

“२०५१ सालमा बुढापाकालाई वृद्धभत्ता दिने काम हामीले नै गरेका हौ । हामीले नै अपाङ्गता भएका, एकल महिलाहरुलाई वृद्ध भत्ता दिनुपर्ने व्यवस्था गरेका हौं। अहिले म सुन्दै छु, एमालेको ओली गुटले हामीले गर्‍यौं भन्दै छन् । उनको त भूमिकै थिएन । त्यहाँ भूमिका थियो भने मनमोहन अधिकारीको थियो, माधव नेपालको थियो । भरतमोहन अधिकारीको थियो।”,नेपालले भने।

केपी शर्मा ओलीको पालामा भ्रष्टाचार बाहेक केहि पनि नभएको दावी पनि नेता नेपालले गरे। ओलीले आफ्नो कार्यकालमा जनतालाई लुट्ने काम मात्र गरेको नेपालको आरोप छ।

उनले भने,”केपी ओली भएका बेला उनले पनि केही काम गरे। यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरे। ओम्नी प्रकरणमा जनतालाई लुट्ने काम गरे। उनले लुट्ने, चुस्ने काम गरे। देश र जनताको सेवा गर्ने काम हामीले गर्‍यौं। दुःख दिने काम उनले गरे, सुख दिने काम हामीले गर्‍यौं।”

प्रकाशित : बिहिबार, बैशाख १५, २०७९१५:२६

रेणु दाहाललाई तनावै-तनाव !