रेणु दाहाललाई तनावै-तनाव !

काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका जगन्नाथ पौडेलले फिर्ता नलिएपछि गठबन्धनबाट नगरप्रमुखमा उम्मेदवारी दिएकी रेणु दाहाल संकटमा पर्नुभएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ।

माओवादी नेता रेणु दाहाल सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएपछि कांग्रेसबाट बागी उम्मेदवारी दिएका पौडेलको उम्मेदवारी फिर्ता गराउन कांग्रेसले शुक्रबारसम्म अन्तिम कोसिस गरेको थियो ।

पौडेलको उम्मेदवारी फिर्ता गराउनका लागि गृहमन्त्री बालकृष्ण खाँणलगायतका नेताहरू चितवनमा गएका थिए । उम्मेदवारी फिर्ता नलिएपछि कांग्रेसले साधारण सदस्य पनि नरहने गरी पौडेलमाथि अनुशासनको कारबाही गरेको छ ।

पौडेललाई उम्मेदवारी फिर्ता लिन प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्मका नेताहरूले कोसिस गरेका थिए । तर, पौडेलले शीर्ष नेताको आग्रहलाई पनि बेवास्ता गर्दै आफ्नो उम्मेदवारी फिर्ता नलिने निर्णय गर्नुभएको थियो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको नगरप्रमुखमा माओवादी केन्द्रकी रेणु दाहालले कांग्रेसकै सहयोगमा निर्वाचन जित्नुभएको थियो ।

पौडलको उम्मेदवारी कायमै रहेका कारण सत्ता गठबन्धनलाई निर्वाचनको नतिजामा प्रभाव पर्ने हो कि भन्ने आशंका उब्जिएको छ ।

तर, नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले स्वतन्त्र उम्मेदवारी दिनुभएका पौडेललाई उम्मेदवारी फिर्ता लिन लगाउन कोसिस गर्दा पनि नभएपछि पार्टीको साधारण सदस्यबाटै हटाउने निर्णय लिएको बताउनुभयो ।

प्रकाशित : आइतबार, बैशाख १८, २०७९०८:१४

स्थापितले बालेनलाई अन्तर्राष्ट्रिय ठग भनेपछि …