युरोपियन गोल्डेन बुटको लडाईंमा के हुँदैछ ? को-को छन् दौडमा ? [सूची सहित]

एजेन्सी – युरोपका शिर्ष लिगहरुमा अन्तिम चरणका खेलहरु चलिरहेका छन्। लगभग सबै लिगहरुमा केहि खेल मात्रै बाँकी छन्। केहि लिगमा त लिग विजेताको समेत टुंगो लागिसकेको छ। पेरिस सेन्ट जर्मेन(पिएसजी)ले फ्रेन्च लिग वान जितिसकेको छ भने बायर्न म्युनिख पनि जर्मन बुन्डेसलिगा च्याम्पियन्स बनिसकेको छ।

सिजन अन्त्य तर्फ अगाडी बढ्दै गर्दा युरोपियन गोल्डेन बुटको दौड पनि प्रतिष्पर्धात्मक बन्दै गइरहेको छ। गएको सिजन युरोपियन गोल्डेन बुट बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीले जितेका थिए। गत सिजन उनले जर्मन बुन्डेसलिगामा ४१ गोल गरेका थिए।

रोबर्ट लेवान्डोस्की यस वर्ष पनि गोल्डेन बुटको मुख्य दाबेदारको रुपमा अगाडी देखिएका छन्। लेवान्डोस्कीले बुन्डेसलिगाको जारी सिजनमा २६ गोल गरिसकेका छन्। अन्य लिग भन्दा ४ कम खेल हुने बुन्डेसलिगामा लेवान्डोस्कीले ३१ खेलमा नै ३३ गोल गरेका हुन्।

गोल्डेन बुट दौडको दोस्रो स्थानमा सिरी ‘ए’ क्लब लाजियोका सिरो इम्मोविले रहेका छन्। इम्मोविलेले सिरी ‘ए’का २९ खेलमा २६ गोल गरिसकेका छन्। इम्मोविलेलाई रियल म्याड्रिडका करिम बेन्जेमाले पछ्याइरहेका छन्। बेन्जेमाले लालिगामा बेन्जेमाले लालिगामा २९ खेल खेल्दा २५ गोल गरेका छन्।

त्यस्तै गोल्डेन बुट दौडको चौंथो स्थानमा जनवरीमा फिओरेन्टिनाबाट युभेन्टस पुगेका डुसान भ्लाहोभिक रहेका छन्। युभेन्टस जानु अगाडी उनले सिरी ‘ए’मा फिओरेन्टिनाका लागि २१ खेलमा १७ गोल गरेका थिए।

युभेन्टस आएपछि ११ खेलमा ६ गोल गरेका छन्। दुवै क्लबका लागि उनले गरेका गोल जोड्दा २३ हुन आउँछ। गोल्डेन बुट दौडको पाँचौ र छैठौं स्थानमा क्रमशः किलियन एम्बाप्पे र मोहम्मद सलाह रहेका छन्। दुवै खेलाडीले समान २२ गोल गरेका छन्।

प्रकाशित : बिहिबार, बैशाख १५, २०७९१६:१५

भगवान भरोसामा युनाइटेड, आज चेल्सीसँग हारे सबै सकिने !