न्याएका देवता शनि देवले अबको केही दिनमा राशि परिवर्तन गर्न लागेका छन् । शनिको यस राशि परिवर्तनपछि केही राशिलाई शनिको साढे सातिबाट छुटकारा मिल्नेछ भने कतिपय राशिलाई शनिको दशा सुरु हुनेछ । शनिदेवले कर्म अनुसार फल दिने भएकाले शनिको अशुभ प्रभावबाट बच्न केही उपाय अपनाउनुको साथ शुभ कर्म गर्नुपर्छ । आज हामी शनिको महादशामा शनिको अशुभ प्रभावबाट बचाउने केही यस्ता प्रभावकारी उपायहरूबारे बताउनेछौँ ।
शनि दोषबाट छुटकारा पाउने प्रभावकारी उपाय
शनि दोषबाट मुक्ति पाउन शनिबारको दिन उत्तम मानिन्छ । शनिबार शनि सम्बन्धी गरिने उपायले अन्य समय भन्दा बढी लाभ मिल्ने मान्यता रहेको छ ।
शनिको दशाबाट छुटकारा पाउनको लागि हनुमान शरणमा जानु राम्रो उपाय मानिन्छ । संकटमोचक हनुमानको कृपाले सबै संकटबाट बचाउँछ। यसका लागि दैनिक हनुमान चालिसा पढ्नुहोस्। विशेष गरी मंगलबार र शनिबार हनुमानको मन्दिरमा गएर उनलाई मनपर्ने प्रसाद चढाउनुपर्छ । साथै सुन्दरकाण्डको पाठ पनि गर्नुहोस्।
भगवान शिवको पूजा गर्नु पनि शनिको क्रोधबाट छुटकारा पाउने उत्तम उपाय हो। यसका लागि शिव सहस्रनाम वा शिवको पंचाक्षरी मन्त्रको नियमित जप गर्नुहोस्। यसले जीवनका सबै बाधाहरू हट्नेछ।
शनि देव सम्बन्धी दान गर्नुका साथै घरमा शमीको बिरुवा लगाएमा शनिको सधैँ कृपा रहनेछ। यदि तपाई शमीको बोट रोप्न सक्नुहुन्न भने, कम्तीमा ३ इन्च लामो शमीको जरा कालो कपडामा बाँधेर दाहिने हातमा लगाउनुहोस्। यससँगै शनिले शुभ फल दिन थाल्नेछन् ।
सखर वा चिनी मिसाएर पिपलको रुखमा पानी चढाउनुहोस्। त्यसपछि तेलको दियो हाल्नुहोस्। यी कम गरेक शनिबार गर्नु शुभ मानिन्छ साथै धेरै फाइदा हुनेछ।