भोलि ग्रहचक्रमा हुँदै ‘महापरिवर्तन’: कुन राशिलाई कस्तो प्रभाव पर्ला ?

शनि ग्रहको स्थितिमा थोरै परिवर्तनले ठूलो परिवर्तन ल्याउँछ। यसपटक शनिको स्थितिमा ठूलो परिवर्तन हुन लागेको छ। शनि ३० वर्षपछि शनि आफ्नै राशि कुम्भ राशिमा प्रवेश गर्दैछ। सबै १२ राशिका व्यक्तिहरूमा यसले ठूलो प्रभाव पार्नेछ। साथै, शनिको यस गोचरसँगै मीन राशिमा शनिको साढे साती महादशा प्रारम्भ हुनेछ भने कर्कट-वृश्चिक राशिमा ढैय्या सुरु हुनेछ।

मेष राशि 

शनि गोचरले आम्दानी बढ्नेछ। तलब बढ्न सक्छ। व्यापारीलाई फाइदा हुनेछ। नयाँ काम पाउन सकिनेछ। सरकारी कर्मचारीका लागि राम्रो समय रहेको छ।

वृष राशि 

कुम्भ राशिमा शनिको प्रवेश शुभ रहनेछ। तपाईंले त्यो मनपर्ने काम पाउन सक्नुहुन्छ, जसको सपना तपाईंले लामो समयदेखि देख्नुभएको थियो। रोकिएका काम बन्नेछन्। विदेश यात्राको सम्भावना छ।

मिथुन राशि 

शनिको गोचरले आम्दानी बढ्नेछ। काममा आउने बाधाहरु हट्नेछन्। यदि तपाईं यस समयमा धैर्य राख्नुहुन्छ भने, तपाईंले धेरै फाइदा लिन सक्नुहुन्छ। ससुराल पक्षसँगको सम्बन्धमा सुधार आउनेछ।

कर्कट राशि 

कर्कट राशिका मानिसहरुलाई यो समयले कठिनाई दिन सक्छ। कार्यस्थल र दाम्पत्य जीवनमा समस्या आउन सक्छ। यो समय धैर्यपूर्वक निकाल्नुहोस्।

सिंह राशि 

यो राशिका मानिसहरुबाट बचेर रहनु होला। शत्रु, रोगले हानि पुर्याउन सक्ने भएकाले सावधानीपूर्वक रहनु होला। अनावश्यक वाद-विवादमा नपर्नुहोला। शनिबाट बच्ने उपाय अपनाउनुहोस्।

कन्या राशि 

शनिको दशाको प्रभाव यस राशिका मानिसहरूमा रहनेछ। यद्यपि यो कदमले धेरै क्षति पुर्‍याउने छैन। विशेषगरी विवाहितहरुको लागि यो समय सहजै बित्नेछ।

तुला राशि 

तुला राशिका लागि शनिको राशि परिवर्तनले राम्रो प्रभाव दिनेछ। कुकुरलाई दैनिक रोटी खुवाउँदा विशेष फाइदा हुन्छ। सन्तान प्राप्ति मिल्न सक्छ।

वृश्चिक राशि 

यस राशिमा शनिको राशि परिवर्तनको प्रभाव सामान्य रहनेछ। राम्रो कर्म गरेमा शनिदेवले शुभ फल दिनेछन्। आमाको सेवा गर्नुहोस्। जग्गा तथा घर खरिद गर्ने अवसर मिल्नेछ।

धनु राशि 

धनु राशिका व्यक्तिहरूले यो समय धैर्यपूर्वक बिताउनु पर्छ। धेरै प्रकारको क्षति हुने सम्भावना छ। पीठोको चारवटा गोलोमा बेसार लगाउनुहोस् र हरेक बिहीबार गाईलाई खुवाउनुहोस्।

मकर राशि 

शनि मकर राशि छोडेर कुम्भ राशिमा प्रवेश गर्नेछ। कुम्भ र मकर दुबै शनिको राशि हुन्। मकर राशिका लागि यो परिवर्तन शुभ रहनेछ। तिनीहरूले ठूलो धन लाभ गर्न सक्छन्।

कुम्भ राशि 

यस राशिका मानसिको लागि यो समय सबैभन्दा कष्टकर हुनेछ। यस राशिमा शनिको साढे सातीको दोस्रो चरण सुरु हुनेछ। स्वास्थ्यमा विशेष ध्यान दिन जरूरी रहेको छ। यात्रा गर्दा सावधानी अपनाउनुहोला।

मीन राशि 

मीन राशिका मानिसहरूमा शनिको साढे साडेसाती सुरु हुनेछ। यी मानिसहरू सावधान रहन आवश्यक रहेको छ। कानुनी मुद्दाबाट टाढा नै रहनुहोला। स्वास्थ्य खराब हुनसक्छ। शनिबाट बच्ने उपाय अपनाउनुहोस्।

प्रकाशित : बिहिबार, बैशाख १५, २०७९१३:११

अरुको सफलता देखेर जल्छन् यी ५ राशिका मानिस, तपाईं पनि पर्नु भयो कि ?