टप ४ को दाउमा रहेको युनाइटेडले हराउन सक्ला चेल्सीलाई ? कुन च्यानलमा हेर्ने खेल ?

एजेन्सी- इंगलिस प्रिमियर लिग अन्तर्गत आज राति निकै महत्वपूर्ण खेल हुँदैछ। नेपाली समय अनुसार आज राति १२:३० बाट सुरु हुने खेलमा युरोपियन च्याम्पियन चेल्सीले म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ। खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ।

दुबै टोलका लागि आजको खेल निकै महत्वपूर्ण हुनेछ। म्यानचेस्टर युनाइटेडका लागि यो खेल टप ४ मा स्थान बनाउने सम्भावना जीवित राख्नको लागि जित्नै पर्ने दबाब रहेको छ। त्यस्तै, पछिल्ला केही समयमा मिश्रित प्रदर्शन गर्दै आएको चेल्सीका लागि पनि तेस्रो स्थान मजबूत बनाउनका लागि यो खेल निकै महत्वपूर्ण हुनेछ। पछिल्ला दुई खेलमा एक जित र एक हार बेहोर्दै यो खेलमा उत्रिने चेल्सी खराब सिजन बिताइरहेको युनाइटेड माथि जित निकाल्ने दाउमा हुनेछ।

पछिल्लो पटक यी दुई टोली प्रिमियर लिग अन्तर्गत नै गत नोभेम्बरमा एक-अर्कासँग खेलेका थिए। चेल्सीको घरेलु मैदान स्टाम्फर्ड ब्रिजमा भएको खेल १-१ को बराबरीमा सकिएको थियो। गत ८ घरेलु लिग खेलमा युनाइटेडले चेल्सीसँग एक खेल पनि हरेको छैन। युनाइटेडले ३ खेल जित्दा ५ खेल बराबरीमा अ सकिएको थियो।

हाल अंक तालिकामा चेल्सी तेस्रो स्थानमा रहँदा म्यानचेस्टर युनाइटेड छैठौं स्थानमा रहेको छ। ३२ खेलबाट ६५ अंक जोडेको चेल्सी चौंथो स्थानको आर्सनल भन्दा ५ अंकले अघि रहेको छ। चेल्सीले आर्सनलको भन्दा एक खेल कम खेलेको छ। त्यस्तै, ३४ खेलबाट ५४ अंक जोड्न सफल युनाइटेड तालिकाको छैठौं स्थानमा संघर्ष गरिरहेको छ। म्यानचेस्टर चौंथो स्थानको आर्सनल र पाँचौं स्थानको टोटनह्याम भन्दा क्रमश: ४ र ६ अंकले पछि रहेको छ। युनाइटेडले एक खेल बढी खेलेको छ।

आज राति हुने डेभिल्स क्ल्यास नेपाली समय अनुसार १२:३० देखि ओल्ड ट्राफोर्डमा अ सुरु हुनेछ। नेपालमा यो खेल भारतीय खेल च्यानल स्टार स्पोर्ट्स सेलेक्टमा हेर्ने मिल्नेछ।

प्रकाशित : बिहिबार, बैशाख १५, २०७९१५:४५

युरोपियन गोल्डेन बुटको लडाईंमा के हुँदैछ ? को-को छन् दौडमा ? [सूची सहित]