भोलि रियल लालिगा च्याम्पियन बन्ने, बुधबार सिटीको ‘ब्याण्ड’ बजाउने !

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड शनिबार राति लालिगा च्याम्पियन्स हुने उच्च सम्भावना रहेको छ। रियलले शनिबार राति इस्प्यानोलको सामना गर्दैछ। सो खेलमा जित अथवा बराबरीको नतिजा निकालेको अवस्थामा रियल लालिगा च्याम्पियन बन्नेछ।

लालिगाको शिर्ष स्थानमा रियल छ भने दोस्रो स्थानमा बार्सिलोना रहेको छ। रियलको ७८ अंक छ भने बार्सिलोनाको ६३ अंक रहेको छ। बार्सिलोना र रियल दुवैसँग पाँच-पाँच खेल बाँकी रहेका छन्।

बाँकी पाँचै खेलमा जित निकाल्न सके पनि बार्सिलोनाले अब ७८ अंक मात्रै बनाउनेछ। लालिगामा रियलको अहिले ७८ अंक छ। यस्तोमा लालिगा च्याम्पियन बन्न रियललाई पाँच खेलबाट मात्रै एक अंक चाहिनेछ।

बाँकी पाँच खेल मध्ये ४ मा हारेर मात्रै एक खेलमा जित अथवा बराबरी मात्र खेलेपनि रियल ला लिगा च्याम्पियन बन्नेछ। रियलले लालिगामा इस्प्यानोल विरुद्ध बराबरी मात्र खेलेपनि शनिबार लालिगा च्याम्पियन बन्नेछ।

लालिगा उपाधि सुरक्षित गरेर सिटीलाई घुँडा टेकाउने दाउ

शनिबार हुने खेलमा जसरी पनि जित निकाल्ने रियलको दाउ हुनेछ। पछिल्लो खेलमा रियल इस्प्यानोलसँग पराजित भएको थियो। शनिबार रियल इस्प्यानोल विरुद्ध सो पराजयको बदला लिने योजना सहित मैदानमा उत्रनेछ। शनिबार पछि रियलले बुधबार राति च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको सामना गर्नेछ।

रियल पहिलो लेगमा सिटीसँग ४-३ को गोल अन्तरले पराजित भएको थियो। दोस्रो लेगमा रियल घरेलु मैदानमा फाइदा उठाउँदै जित निकालेर च्याम्पियन्स लिगको फाइनल प्रवेश गर्ने रियलको प्रयास हुनेछ।

प्रकाशित : शुक्रबार, बैशाख १६, २०७९१०:१३

आँधी-तुफान रोक्न सक्ने क्लब: रियल म्याड्रिड !