युरोपका शिर्ष ५० उत्कृष्ट खेलाडीमा पनि परेनन् रोनाल्डो ! कतिमा परे त ?

एजेन्सी – म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई युरोपका शिर्ष ५० खेलाडी भित्र पनि पर्न असफल भएका छन्। फुटबल सम्बन्धित विभिन्न तथ्यांकहरु राख्ने एक चर्चित वेबसाइटले सार्वजनिक गरेको सूचीमा रोनाल्डो शिर्ष ५० भित्र पनि पर्न असफल भएका हुन्।

चर्चित फुटबल तथ्यांक वेबसाइट ‘हुस्कोर्ड’ले सार्वजनिक गरेको शिर्ष १ सय खेलाडीको सूचीमा रोनाल्डो अप्रत्याशित रुपमा ८८ औं स्थानमा परेका हुन्। ‘हुस्कोर्ड’ले जारी सिजनको प्रदर्शनका आधारमा रोनाल्डोलाई ८८ औं स्थानमा राखेको हो।

गोल, असिस्ट, क्लिन सिट, पास सफलताको प्रतिशत सहित विभिन्न तथ्यांकका आधारमा ‘हुस्कोर्ड’ले शिर्ष १ सय खेलाडीहरुको सूची सार्वजनिक गरेको छ। रोनाल्डोले युनाइटेड गएपछि ३६ खेलमा २३ गोल गरिसकेका छन्। तर पनि हुस्कोर्डले रोनाल्डोलाई ८८ औं स्थानमा राखेको छ। हुस्कोर्डले रोनाल्डोलाई ७ दशमलभ १३ औसत रेटिङ दिएको छ।

हुस्कोर्डले लियोनेल मेस्सीलाई तेस्रो स्थानमा राखेको छ। उनलाई ७ दशमलभ ७१ औसत रेटिङ दिइएको छ। सो सूचीको शिर्ष स्थानमा बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की रहेका छन्। उनले ७ दशमलभ ९३ औसत रेटिङ पाएका छन्।

दोस्रो स्थानमा रहेका किलियन एम्बाप्पेको औसत रेटिङ ७ दशमलभ ९१ रहेको छ। सूचीमा त्यसपछि करिम बेन्जेमा र मोहम्मद सलाह रहेका छन्। दुवैको औसत रेटिङ ७ दशमलभ ६८ रहेको छ।

प्रकाशित : शनिबार, बैशाख १७, २०७९०८:२३

ठूला भनिएका क्लबहरुको यो हाल, युरोपका यी पाँच शिर्ष क्लब उपाधिविहिन् हुने पक्का !