काठमाडौँ : हिन्दू पञ्चाङ्ग अनुसार बैशाख १७ गते शनिबार मातातीर्थ औँसी परेको छ। संयोगवश यसै दिन आंशिक सूर्य ग्रहण पनि लाग्दैछ। शनि ग्रहको राशि परिवर्तनसँगै विगत १०० वर्षमा सूर्यग्रहणको संयोग बनेको थिएन्। हिन्दू धर्मशास्त्र अनुसार शनिको पिता सूर्य हो। पिता र पुत्र यानी सूर्य र शनिको यस्तो अद्भूत संयोजन अहिलेसम्म बनेको छैन।
शनिबार लाग्ने सूर्यग्रहण आंशिक हो, त्यसैले नेपालमा सूतक काल लाग्नेछैन्। यसका साथै यो सूर्यग्रहण नेपालबाट देखिनेछैन्। ज्योतिषशास्त्रका अनुसार बैशाख १७ गते मातातीर्थ औँसी र शनिबार परेको छ। जसले गर्दा शनिश्चरी अमावस्याको दिन सूर्यग्रहण लाग्दैछ। ज्योतिषीहरुका अनुसार केही राशिहरुमा यसले राम्रो प्रभाव पार्नेछैन्।
सूर्यग्रहण नेपाली समयअनुसार शनिबार राति १२:३० बाट प्रारम्भ भई ४:२२ मिनेटमा समाप्त हुनेछ। यो ग्रहण दक्षिण अमेरिका, प्रशान्त महासागर, एट्लान्टिक, अन्टार्कटिकामा देखिनेछ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
ज्योतिषशास्त्रका अनुसार सूर्यग्रहण मेष राशिमा लाग्नेछ। यस अवधिमा यस राशिका व्यक्तिहरूलाई मानसिक तनाव रहनेछ। शत्रु हाबी हुन सक्ने भएकाले यस समयमा सावधान रहनुहोस्। साथै सडकमा हिड्दा विशेष सावधानी अपनाउनुहोस्, दुर्घटनाको सम्भावना रहन्छ। त्यसैले हतार नगर्नुहोस्। सूर्यग्रहणको समयमा यात्रा नगर्नुहोस्।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
अहिले चन्द्रमा मेष राशिमा राहुसँग रहेको छ। यद्यपि कर्कट राशिको स्वामी चन्द्रमा हो। कर्कट राशिका जातकलाई अज्ञात भय र नकारात्मकताले पिरोल्नेछ। मानसिक स्वास्थ्य ठीक रहनेछैन्। खर्च बढ्दै जाँदा आफूलाई थप बोझ महसुस हुन सक्छ। यस अवधिमा धैर्य रहनुहोस्।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
वृश्चिक राशिका लागि यो दिन शुभ हुनेछैन्। सावधानीपूर्वक लेनदेन गर्नुहोस् र होश पुर्याएर बोल्नुहोला। यस अवधिमा मान-सम्मान गुमाउनुहुनेछ। विवादबाट टाढै रहनुहोस्। कार्यस्थलमा कमै बोल्नुहोस्। शत्रुले हानि पुर्याउन सक्छ।