अन्ततः हारको शृंखलाबाट बाहिरियो बर्सिलिना !

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आइतबार घरेलु मैदान क्याम्प नोउमा रियल मालोर्कालाई २-१ ले पराजित गर्दै दोस्रो स्थानमा पकड बनाएको छ ।

शुक्रबार भएको खेलमा सेभिल्ला क्याडिजसँग १-१ को बराबरीमा रोकिएपछि बार्सिलोनाले अवसर पाएको थियो । त्यसलाई सदुपयोग गर्ने क्रममा बार्सिलोनाले मालोर्कामाथि जित हासिल गरेको हो ।

बार्सिलोनाका लागि मेम्फिस डिपाएले २५ औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । उनले जोर्डी अल्बाको क्रसलाई नियन्त्रणमा लिँदै गोल गरेका थिए ।

दोस्रो हाफको ५४ औं मिनेटमा सर्जियो बुस्केट्सले टोलीको अग्रता दोब्बर पारे । उनले पेनाल्टी क्षेत्रको ठिक बाहिर रहेको बललाई सुन्दर गोलमा परिणत गरे । त्यसपछि बार्सिलोनाका लागि फेरान टोरेसले गरेको गोल भीएआरले मान्यता दिएन । ७९ औं मिनेटमा एन्टोनियो राइलोले गोल गरेपनि बार्सिलोनाले अग्रता जोगाउन सफल रहयो ।

यस जितले बार्सिलोनाको ३४ खेलमा ६६ अंक रहेको छ । दोस्रो स्थानको सेभिल्लाको समान खेलमा ६४ अंक छ । रियल म्याड्रिडले ३४ खेलमा ८१ अंक जोड्दै उपाधि जितिसकेको छ ।

प्रकाशित : सोमबार, बैशाख १९, २०७९०८:२५

बैंकहरूले ऋण दिन छाडेपछि जग्गा कारोबार आधा घट्यो !