माया व्यक्त गर्न हिच्किचाउँछन् यी ३ राशिका मानिस, परिणामस्वरूप सम्बन्ध नै टुट्न पनि सक्छ !

ज्योतिष शास्त्रमा राशि र ग्रह नक्षत्रको गणनाको आधारमा व्यक्तिको स्वभाव, गुण, रुची, मन नपर्ने चिज बारे पनि थाहा पाउन सकिन्छ। हरेक मानिसको स्वभाव फरक फरक हुन्छ। कोही मानिसहरु आफ्नो मनको कुरा धेरै सजिलैसँग खोल्न सक्छन् भने कोही मानिसलाई बुझ्न त्यति सजिलो हुँदैन। अर्कोतर्फ, जब आफ्नो पार्टनरप्रति प्रेम व्यक्त गर्ने कुरा आउँछ, कतिपयले आफ्नो पार्टनरलाई खुसी पार्न विभिन्न उपाय अपनाउँछन् भने कोही मानिस यति धेरै लजालु हुन्छन् कि सानो सानो कुरा पनि भन्न हिचकिचाउँछन्। यस्तोमा, जानौं ज्योतिष शास्त्र अनुसार ती राशिका कुन-कुन हुन्, जसका मानिसले आफ्नो पार्टनरप्रति प्रेम व्यक्त गर्न सक्दैनन्।

वृश्चिक राशि 

वृश्चिक राशिका मानिसहरुको बारेमा भनिन्छ कि यो राशिका मानिसहरु धेरै भावुक हुँदैनन्। उनीहरूलाई अरूको अगाडि आफूलाई व्यक्त गर्न धेरै असहज लाग्छ। आफ्नो मनका कुरा सजिलै व्यक्त गर्न नसक्ने कारणले गर्दा धेरै अवस्थामा यस्ता व्यक्तिहरूलाई कठोर हृदयको मानिन्छ। अर्कोतर्फ, वृश्चिक राशिका व्यक्तिहरूले आफ्नो जीवनसाथी वा पार्टनरप्रति प्रेम व्यक्त गर्न पनि दस पटक सोच्छन्। यस राशिका मानिसहरु आफ्नो पार्टनरले केही नबोली उनीहरुको मनको कुरा बुझुन् भन्ने चाहन्छन्।

धनु राशि 

धनु राशिका मानिसहरुको बारेमा भनिन्छ कि यी मानिसहरु आफ्नो पार्टनरलाई धेरै माया गर्छन् तर मनको कुरा व्यक्त गर्न सक्दैनन्। तिनीहरू रोमान्टिक हुन र आफ्नो प्रेम व्यक्त गर्न लजालु मानिन्छन्। यही स्वभावका कारण धेरै पटक आफ्नो पार्टनरसँग विचलित हुने र सम्बन्ध टुट्ने सम्भावना पनि हुन्छ।

मीन राशि 

ज्योतिष शास्त्रका अनुसार यस राशिका मानिसहरूलाई बढी माया व्यक्त गर्नु देखावटी हो भन्ने लाग्छ। मीन राशि भएका व्यक्तिहरू सोच्छन् कि यदि सम्बन्धमा आपसी समझदारी र सद्भाव छ भने, यी सबै चीजहरूको कुनै विशेष आवश्यकता छैन। यस कारणले, यी व्यक्तिहरू आफ्ना कुराहरू सीधै आफ्नो पार्टनर वा कसैलाई बताउन लाज मान्छन्।

प्रकाशित : मङ्गलबार, बैशाख २०, २०७९१२:५४

३२ गुणले सम्पन्न हुन्छन् यस्ता युवती, पहिलो भेटमै पार्छन् हरेक मानिसलाई फिदा !